नेकपाका नेताहरुलाई तत्काल रिहाइ गर्न वैद्य माआवादीको माग

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेकपानिकट राष्ट्रिय युवा जनस्वयम् सेवक (हाल योङ्ग रेड फोर्ष)को राष्ट्रिय सम्मेलनमा सरकारद्वारा गरिएको व्यापक धरपकडको निन्दा तथा भत्र्सना गर्दै पक्राउ परेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई ‘विकास’लगायत सबै कार्यकर्ताको अविलम्ब रिहाइको माग गर्नुभएको छ । सोमबार (फागुन ७ गते) एक प्रेस वक्तव्य जारी गरी महासचिव किरणले सरकारको व्यवहारलाई फासिवादी हस्तक्षेपको संज्ञा दिनुभएको छ ।
वक्तव्यको पूर्णपाठ –
यही २०७४ फागुन ६ गते नेकपाको मातृ सङ्गठन युवा मोर्चाले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल सरकारद्वारा सशस्त्र प्रहरी हस्तक्षेप गरी नेता कमरेड हेमन्त प्रकाश ओली, पदम् राईसहित दर्जनौँ कार्यकर्तालाई गिरफ्तार गरिएको छ । युर्वा मोर्चाको शान्तिपूर्ण रूपमा आयोजित सम्मेलनमा आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारद्वारा गरिएको यस प्रकारको फासिवादी हस्तक्षेप, दमन तथा गिरफ्तारीको हाम्रो पार्टी कडा विरोध, निन्दा एवम् भत्र्सना गर्दछ । साथै हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड हेमन्तप्रकाश ओलीसहितका सम्पूर्ण नेता तथा युवा साथीहरूको अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ ।

२०७४ फागुन ७ गते बिहान ११ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :