युवा सम्मेलन सकियो, अध्यक्षमा बाबुराम 

काठमाडौं : व्यापक प्रहरी दमन र हस्तक्षेपकाबीचबाट नेकपा निकट राष्ट्रिय युवा जनस्यंसेवकको तेश्रो राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीमा सम्पन्न भएको छ । भेलाले निवर्तमान महासचिव बाबुराम राईको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । यस्तै संगठनको उपाध्यक्षमा मिना चलाउने, महासचिवमा  दिपराज शेर्पाली, सचिवमा देव गुरुङ र कोषाध्यक्षमा प्रेम विक चयन भएका छन् । यसै गरी संगठनको नाम ‘योङ रेड फोर्स’ राखिएको छ । सम्मेलनले ११ बुदे समसामयिक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा स्थानीय निकायले अन्यायपूर्ण तरिकाले भारी बृद्धी गरेको कर खारेज गर्नुपर्ने र भारतद्वारा निर्मित कोशी बाँध नियन्त्रण कार्यालय हटाउनु पर्ने माग गरिएको छ । यस्तै प्रस्तावमा अरुण तेश्रो र माथिल्लो कर्णाली परियोजना निर्माणमा भारतसँग भएको राष्ट्रघाती सम्झौता एवं १९५० को असमान सन्धी खारेज गर्नुपर्ने माग गरिएको छ । आइतबार दिनभरी प्रहरीसँग  तनाव उत्पन्न भएपछिब बेलुका शुरु भएको सम्मेलन रातभरीनै चलेको थियो र सोमबार बिहान पाँच बजे नै समापन भएको थियो । सम्मेलनको उद्घाटन देखि समापन सम्म नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीको उपस्थिति रहेको थियो ।

२०७४फागुन ७ गते बिहान ८:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :