युरोपबाट नेकपाका नेताकार्यकर्ता तत्काल रिहाईको माग

 

काठमाडौं : नेपाली जनप्रगतिशील मोर्चा, यूरोपले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदम राई ‘विकास’लगायत दर्जनौं नेताकार्यकर्तालाई तत्काल रिहाई गर्न जोडदार माग गरेका छन् । नेकपानिकट राष्ट्रिय युवा जनस्वयं सेवकको पूर्वघोषित शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गरेर वली सरकाले फासीवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरको बताइएका छ । उक्त सभामा प्रमुख अतिथिको रुपमा सहभागि हुन आएका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’लगायत दजनौं नेताकार्यकर्तालाई गिरफ्तार गरेकोप्रति निन्दा गरेको छ । साथै, यो वली सरकारको सामाजिक फासिवादी तथा दलाली चरित्रलाई छिट्टै उदाङ्गो पारेको पनि बताएका छन् । यसरी रिहाइको माग गर्दै युरोपबाट आइतबार संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष्य विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख तमु, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलका संयोजक इन्द्र न्यौपाने , नेपाली जनप्रगतिशील मोर्चा, स्पेनका संयोजक इश्वर शर्मा, नेपाली जनप्रगतिशील मोर्चा युरोप तथा संयोजक नेपाली जनप्रगतिशील मोर्चा, पोल्याण्डका महासचिव सुवर्णबाबु सापकोटा, नेपाली जनप्रगतिशील मोर्चा, बेलायतका संयोजक टिएन रिजाल, नेपाली जनजाती सरोकार मन्च, बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ्गरहेका छन् ।

२०७४ फाग्न ६ गते बेलुका १० : १५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :