नेकपाद्वारा ८ गते नेपाल बन्दको घोषणा / सरकारी दमनका विरुद्ध पार्टी महासचिव विप्लवको कडा चेतावनी

काठमाडौं : शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपाले यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनाैं नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको र राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको विरोधमा नेपाल बन्दको आयोजना गरिएको नेकपाको उच्च स्रोतले जानकारी दिएको छ ।

सो पार्टीले नेपाल बन्दको अघिल्लो दिन ७ गते सोमबार देशभरी मसाल जुलुस प्रदर्शन गर्न र संघर्षका कार्यक्रमहरुमा सहभागी हुन पार्टीपंक्तीलाई निर्देशन गरेको छ । अाइतबार  साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै  नेकपाका महासचिव विप्लवले युवा जनस्वयं सेवकको राष्ट्रिय सम्मेलनका लागि जाँदै गरेका स्थायी समिति सदस्य सुदर्शन र पीबीएम पदम राई लगायतका दर्जनौं युवा नेता र कार्यकर्ताहरुलाई गिफ्तार गरेको र शान्तिपूर्ण रुपमा गर्न लागिएको राष्ट्रिय सम्मेलनमाथि राज्य प्रशासनले दमन गरेको भन्दै घोर निन्दा गरेका छन् । साथै, विप्लवले आफना पार्टीका उच्च तहका नेता र दर्जनौं कार्यकर्ताहरुलाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतवनी दिदै ८ गतेको नेपाल बन्द सफल पार्न पार्टी पंक्ती र आम जनतालाई अपिल गरेका छन् ।
यसैविच प्रहरीको धरपकट र घेराबन्दीको बीचमा राष्ट्रिय युवा जनस्वयंसेवकको सम्मेलनको बन्दशस्त्र सुनसरीको इटहरीमा आइतवार अबेर शुरु भएको छ । पार्टीका वरिष्ठ पोलीटब्यूरो सदस्य एवं पूर्वी केन्द्रीय कमाण्ड इन्चार्ज विरहीले सम्मलेनको उद्घाटन गरेका छन् । सम्मेलनमा सहभागी हुन देशका विभिन्न ठाउँहरुबाट विराटनगर जादै गरेका दुई सयभन्दा बढि प्रतिनिधि पर्यवेक्ष, सर्मथक शुभचिन्तकहरुलाई पक्राउ गरिएको नेकपाको पूर्वी कमाण्ड कार्यालय श्रोतले जानकारी दिएको छ ।

विज्ञप्तिको पूर्णपाठ –
२०७४ फागुन ६ गते साँझ ७ :०७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :