जीवन विकासमाथि कारबाही

काठमाडौं : झापाको दमकमा रहेको ‘जीवन विकास’ नामक बित्तिय संस्थाको कार्यालयका सम्पूर्ण सामाग्रीहरुस्थानिय युवाहरुले नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् ।

जनतामाथि चर्को व्याज थोपर्ने र बाध्यकारी ऋण अशुली गरिरहेको भन्दै बित्तिय संस्था (झोला बैंक)माथि कारबाही गरिएको उनीहरुले बताएका छन् । सुदखोरहरुको कारण पीडित बनेका गरिब जनताहरुको उजुरी र कारबाहीको माग अनुसार ‘जीवन विकास’माथि कारबाही गर्नुपरेको एक स्थानीय युवाले जानकारी दिएका छन् ।

प्रत्यक्षदर्सिकाअनुसार ८, १० जनाको समुहमा आएका युवाहरुले कार्यालयमा भएको २ ओटा ल्याप्टप, स्थानीयहरुसँग गरिएको तमसुकलगायत अन्य कागजात नियन्त्रण पश्चात आगजनी गरि नष्ट गरेका थिए ।

२०७४ फागुन ६ गते अपरान्ह ४ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :