तनावग्रस्त विराटनगर / शसस्त्रको घेरामा गुद्रीबजार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट राष्ट्रि«य जनस्वयं सेवकले सम्मेलनको उद्घाटन सभा  आयोजना गरेको मोरङको विराटनगर बजार आज बिहानैदेखि तनावग्रस्त बनेको छ । कार्यक्रमस्थल तोकिएको ठाउँ गुद्रीबजारमा बिहानैदेखि बाक्लो संख्यामा शसस्त्र प्रहरीका जवानहरु तैनाथ छन् ।  

विप्लव नेतृत्वको नेकपाले गर्ने खुल्ला र सार्वजनिक सबै सभा, भेला सम्मेलनहरु विथोल्नु भन्नेमाथिको आदेश भएकोले आफुँहरुले कार्यक्रम स्थल घेराउ गर्न आएको प्रहरीका जवानहरुलाई उदृत गर्दै एक स्थानीयले जानकारी दिएका छन् । 

यसैबिच अहिलेसम्म मोरङका विभिन्न स्थानहरुबाट प्रहरीले दुई दर्जन भन्दा बढिलाई गिरफ्तार गरेको बताइएको छ । बिहान मात्र नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’सहित ७ जनालाई पक्राउ गरेको थियो । यस्तै विराटनगरबाट किसान संघका मोरङ अध्यक्ष रुद्र पौडेल, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य नवराज नेपाल, युवा संघका मोरङ अध्यक्ष कुमार खतिवडा, मजदुर नेता हरिशरण हजारी, हरि खड्का, राम्रप्रसाद सरदार, धनेन्द्र राई, सुरेश चौधरी, गणेश चौधरी, समीर लिम्बु, अशोक ऋषिदेव, रोशन ऋषिदेवलगायतलाई प्रहरीले पक्राउ गरेको छ । 

यसैबिच सुनसरीको बराह नगरपालिकाबाट विराटनगरतर्फ जादै गरेको सवारी साधनबाट अखिल (क्रान्तिकारी)का मोरङ अध्यक्ष पुस्प न्यौपानेसहित ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको खबर छ । उक्त सवारी साभनमा नेकपानिकट समर्थक शुभचिन्तकहरु विराटनगरको सभातर्फ जादै थिए ।

२०७४ फागुन ६ गते अपरान्ह ४ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :