सुदर्शनसहित सबैलाई रिहाईको मागगर्दै विरोध प्रर्दशन

काठमाडौं : नेकपाका स्थायी समिति सदस्य सुदर्शनलाई आइतबार बिहान प्रहरीले गिफ्तार गरेको विरोधमा विराटनगरका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेका छन् । अहिले झापाको काँकडभित्तामा विरोध जुलस प्रर्दशन भइरहेको छ । यस्तै पक्राउको विरोधमा विराटनगरको महेन्द्रचोकमा पनि रुद्र पौडेलको नेतृत्वमा विरोध प्रदर्शन भएको छ । जुलुसबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै विराटनगरकै संसारीमाइमा गरिएको विरोध जुलसमाथि प्रहरीले लाठि चार्ज गर्दा त्यस क्षेत्रमा तनाव उत्पन्न भएको खबर छ ।

यसैबिच सुनसरीबाट विराटनगरतर्फ जादै गरेको चारवटा बस मोरङको हातिमुढामा प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै विभिन्न ठाउँहरुबाट गरी ९ बस प्रहरीले नियन्त्रणमा लिएको नेकपाको पुर्वी कमाण्ड कार्यालयले जनाएको छ ।

ती बसहरुमा विराटनगरमा आज हुने भनिएको राष्ट्रिय युवा जनस्वयं सेवकको उद्घाटन समारोहमा भागलिनेहरु सवार थिए ।  भर्खरै प्राप्त समाचारअनुसार विराटनगरको महेन्द्रचोकमा भइरहेको विरोध प्रर्दशनका क्रममा युवा जनस्वंसेवकका जिल्ला अध्यक्ष सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

२०७४ फागुन ६ गते दिउसो २ १३ मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :