नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित दर्जन गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगरको ३ र ४ नम्वर वडाको सिमानामा पर्ने राजबंशी चोक नजिकै सुर्दशन सवार प्राइभेट गाडि रोकेर प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी नेकपानिकट युवा जनस्वंयसेवकको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न आइतबार विराटनगर जादै थिए । युवा सम्मेलनको अवसर पारी विराटनगरमा वृहद जनसभाको आयोजना गरिएको थियो । सुदर्शनसँगै नेकपाका पोलीटब्युरो सदस्य पदम राई ‘विकास’, स्थानीय तहका नेताकार्यकर्ताहरु दिनेश विक, नविन राना, दिपक राई, केशव विक र कमल खड्का पनि पक्राउ परेका छन् । सुर्दशनसहित पक्राउ गरिएका सबैलाई अहिले मोरङको तिनपैनीमा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसैबिच खुल्ला जनसभालाई सम्बोधन गर्न गैरहेको वेला आफ्ना नेताकार्यकर्तालाई पक्राउ गरेको भन्दै नेकपाका पूर्वी कमाण्ड इन्चार्ज ‘विरही’ले आपत्ती जनाउदै बिनाशर्त रिहाईको माग गरेका छन् । 

२०७४ फागुन ६ गते दिउँसो १ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :