प्रहरीद्वारा सिन्धुलीमा विशेष अप्रेशनको तयारी

अम्बिका चन्द / काठमाडौं : प्रहरीले सिन्धुलीमा नेकपाका नेताकार्यकर्ता लक्षित विशेष अप्रेसनको तयारी गरेको समाचार प्राप्तभएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा रहेका नेकपाका नेताकार्यकर्ताहरुको घर खानतलासी गर्न भन्दै प्रहरीको एक विशेष टोली त्यसतर्फ परिचालीत भएको स्रोतले जनाएको छ । उता नेकपाले सिन्धुली, धनुषा र सर्लाहीका विभिन्न स्थानहरुमा आफ्ना नेताकार्यकर्ताहरुलाई पक्राउ र धरपकट गरेको भन्दै आपत्ती जनाएको छ । सर्लाहीबाट दुई जना र धनुषाबाट दुई जना आफ्ना कार्यकर्ता बिनाकारण पक्राउ गरेको भन्दै शान्तिपूर्ण कार्यक्रमहरुमा पनि प्रहरी हस्तक्षेप हुनु दुखद भएको नेकपाको जनकपुर ब्युरो कार्यालयको भनाई छ । नेकपाका शान्तिपूर्ण कार्यक्रमहरुमाथि प्रहरी दमन हुनु, आफ्ना नेताकार्यकर्ता बिनाकारण पक्राउ गर्नु र घर खानतलासी गर्नु सरकारको गैरजिम्मेवार एवं पराजित मानसिकताको उपज भएको नेकपाका जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले बताएका छन् ।

२०७४ फागुन ६ गते मध्यान्न १२ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :