नेकपाका सल्लाहकारमाथि सामन्तीको षड्यन्त्र

लव प्रधान
लव प्रधान

काठमाडौं : नेकपाका केन्द्रीय सल्लाहकार सदस्य लव प्रधानलाई ४० वर्षदेखि बस्दै आएको थातथलोबाट उठाउने षड्यन्त्र भएको खबर छ । प्रधान विराटनगर महानगरपालिका– ९ स्थित मुसहर टोलमा रहेको ऐलानी जग्गामा ४० वर्षदेखि हकभोग गर्दै आएका छन् । स्थानीय फटाहा विराटनगरकै विजय मल्लले जाली कागजात बनाएर प्रधानको बास उठाउने षड्यन्त्र गरेका छन् । विराटनगरका पुराना वामपन्थी नेता प्रधान हाल विराटनगर ट्राफिक चोक, गुद्रीबजारको उत्तरमा करिब ०–१८–० धुर ऐलानी सरकारी पर्ती जग्गामा बस्दै आएका छन् । जग्गाको मूल्य बढ्दै गएपछि सँधियार रहेका विजय मल्लले जालसाजी गर्न थालेका हुन् । मोरङ जिल्ला अदालत र पुनरावेदन अदालतले पीडित पक्ष लव प्रधानले दाबी गरेझैं ऐलानी (सरकारी जग्गा) भएको कुरा पुष्टि गरी निवेदककै श्रीमती कृष्णकुमारी प्रधानका नाममा बसोबास र चारकिल्ला प्रमाणित गरिदिएको थियो । धनाढ्य, सामन्ती विजय मल्लले त्यस क्षेत्रका अनेक व्यक्तिलाई उठीबास गराइसकेका छन् । दुई तहका अदालतसमेतले विजय मल्लले जालसाजी तथ किर्ते गरेर उक्त घडेरी हडप्न खोजेको प्रमाणित गरिदिएका थिए । त्यसपछि पीडक मल्लले आफ्ना नातेदार न्यायाधीश भएको मौका पारेर लाखौँ घूस खुवाई आफ्नो पक्षमा फैसला गराउन सफल भए । पछिल्लो सर्वोच्चको फैसलाबमोजिम घर भत्काउन आएको प्रशासनको टोलीलाई स्थानीय र नेकपाका कार्यकर्ताले रोकेका थिए । पीडित प्रधानदम्पतीले सर्वोच्चको पैmसला त्रुटिपूर्ण र अन्यायपूर्ण भएको जिकिर गर्दै पुनरावेदन गरेका छन् ।

मोरङ नापी शाखाले पीडित लव प्रधानको परिवारलाई बसोबास प्रमाणित गरिदिएको, ४० वर्षदेखि हकभोग गर्दै आएको, अन्यत्र पीडितको विकल्पसमेत नभएकाले विजय मल्लको जालसाजी न्यायपूर्ण समाजका लागि न्यायपूर्ण र स्वीकार्य हुँदैन । राज्यका तीनवटा निकायले चारकिल्ला गरी सो जमिन ऐलानी (सरकारी जग्गा) भएको प्रमाणित गरेको र नापी कार्यालयले समेत प्रमाणित नजिर हुँदाहुँदै ठूलो रकमको चलखेलमा जग्गा हडप्ने मल्लको षड्यन्त्र निन्दनीय भएको स्थानीयको धारणा छ । स्राेत  : राताे  खबर साप्ताहिक

२०७४ फागुन ३ गते साँझ ६ : ४१ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :