नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको कडा चेतावनी

18221705_1425482490824292_8032267599054268649_n
काठमाडौँः बैशागख २३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु तत्काल रिहाई नगरिए संघर्षमा जाने चेतावनी दिएको छ ।

नेकपाका सिन्धुली जिल्ला सेक्रेटरी हरिकृष्ण घिमिरे आफ्नै छोरीको आँखाको उपचारको क्रममा आउँदै गर्दा हरिवनमा, पार्टी जिल्ला सदस्य जुद्धबहादुर विक ‘जगत’ घरायसी कामले बजार जादै गर्दा, भद्रकालीबाट पार्टी कार्यकर्ता सुजन सहित तीन जना घरमै रहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको खबर प्राप्त भएको छ ।

सर्बप्रथम घरायसी काममा हिडेका , घरमा रहेका कार्यकर्तालाई गिरफ्तार गरेकोमा हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछौँ । साथै विना कारण तत्काल रिहाईको जोडदार माग गर्दछ । तत्काल रिहाई नगरिएमा संघर्षको कार्यक्रम घोषणा गरिने प्रेश वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :