धादिङमा एमाले उम्मेदवारको गाडी ध्वस्त

18360524_430448900650071_75688344_n

काठमाडौँः बैशाख २३, धादिङमा एमाले उम्मेदवारको सवारी साधनमा शुक्रबार राती अज्ञात समूहद्वारा ध्वस्त पारेको छ ।

धादिङको थाक्रे गाउँपालिका वडा नं २ का वडा अध्यक्ष उम्मेदवार राजकुमार पौडेलको सवारीसाधनमा अज्ञात समूहद्वारा सो घटना घटेकोे हो ।

घर अगाडि पार्कीङ गरीराखेको बा ९ च ८९२९ नम्बरको गाडीको सीसा फुटाई आगजनी गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :