नेकपाका दोलखा जिल्ला इन्चार्ज सहित ३ गिरफ्तार

सरोज प्रसाद न्यौपाने
सरोज प्रसाद न्यौपाने

दोलखाः बैशाख २३, नेपाल कम्युनिस्ट पार्टीका दोलखा जिल्ला  इन्चार्ज सहित ३  जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

शुक्रबार विहान दोलखा जिल्ला इन्चार्ज अर्जुन योगी, सेक्रेटरी राजन धनु के र दोलखा जिल्ला सदस्य सरोजप्रसाद न्यौपानेलाई दोलखा जिल्ला प्रहरिले गिरफ्तार गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला समितिले यो स्थानीय चुनावले नेपाल र नेपाली जनताको विकासको पूर्ण विरोधी भएकोले स्थानीय चुनाव सफल बनाउँन आफ्नो ठाउँबाट दिनुभएको सबै उम्मेदवारीहरु  नेपाल र नेपाली जनताहरुलाई मान्य हुने छैन ।

त्यसैले आफ्नो उम्मेदवारी फिर्ता गर्न पत्रमा उल्लेख गरिएको आधारमा उहाँहरुलाई शुक्रबार गिरफ्तार गरेका छन् । उहाँहरुलाई दोलखा प्रहरि चौकीममा राखेको समाचार छ । 

आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा नगरिए सशक्त प्रतिवाद गर्ने चेतावनी सहित पुर्वी ताम्सालिङ व्युरो इन्चार्ज जगतले प्रेस वक्तव्य जारी गर्नुभएको छ ।

Jagat Bigyapti

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :