जनयुद्ध दिवसमा ध्रुवीकरणको बहस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, पूर्वी कमाण्ड अन्तर्गत मेची, कोशी, सगरमाथा, र जनकपुरमा जनयुद्ध दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु भएका छन् । झापा सानो गोर्खास्थित पूर्व पश्चिम राजमार्गको सहिदद्वारमा भएको सभामा पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा ‘विरही’ र केन्द्रीय सदस्य निर्मलको उपस्थिति थियो । त्यसैगरी सर्लाही बागमती ५ राजघाटमा भएको जनसभालाई केन्द्रीय सदस्य सन्देश, युवा नेता रुपेश कार्कीले सम्बोधन गरेका थिए । चियापान आदान–प्रदान गरिएको उक्त सभाको अध्यक्षता जिल्ला कमल सुस्लीङ, सञ्चालन राजन बस्नेत र स्वागत मन्तव्य जिल्ला जनसरकार प्रमुख लालबहादुर तामाङले गरेका थिए । त्यसैगरी मोरङ केराबारी गापा ६ मा माघ २९ गते साँझ राँके जुलुश निकालिएको थियो । त्यसैगरी इलाम जिल्लाको माई नगरपालिका २, सितली बजारमा पर्चा वितरण, शुभकामना आदान–प्रदान भएको छ भने सदरमुकाम इलाम बजारमा विचार गोष्ठी सम्पन्न भएके छ । उता तेह्रथुङको म्याङलुङ बजारमा नेकपा र नेकपा (क्रान्तिकारी माओवाी)ले संयुक्त कार्यक्रमसहित शुभकामना आनप्रदान गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि कमला लिम्बु रहेको जनाइएको छ । त्यसैगरी धनकुटा बजारमा १ गते साँझ राँके जुलुश भएको छ । त्यसैगरी सुनसरी जिल्लाको धरानबजार, भानुचोक, बर्जु गापाको बर्जु बजारमा राँके जुलुश र सभा भएक छन् । भानुचोकमा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर झडप भएके थियो । उता धरान दुहली, विराटनगरमा दीपप्रज्वलन भएका छन् । त्यसैगरी मोरङकै केराबारीमा केराबारीमा जनसभा भएको छ । जनकपुर अञ्चलका विभिन्न जिल्लामा पनि शुभकामना आदानपव्रदान, भेटघाट, दीव प्रज्वलनसहित विभिन्न कार्यक्रम गरेको समाचार छ । उटा सगरमाथा अञ्चलका खोटाङ, ओखलढुङ्गा र उदयपुर जिल्लामा विप्लव नेतृत्वको नेकपा र किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले संयुक्त कार्यक्रम गरेका छन् । यसलाई क्रान्तिकारी ध्रुवीरणको अर्थमा हेरिएको छ । त्यसैगरी भोजपुर जिल्लामा पनि विभिन्न कार्यक्रम भएका छन् । संयुक्त कार्यक्रम भएका जिल्लाका कार्यक्रमहरुमा वक्ताहरुले क्रान्तिकारी ध्रुवीकरणमा जोड दिएका थिए । धनुषाको धनुषाधाम नपा स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको विमान चोकमा २३औं जनयुद्ध दिवस मनाएको छ । मैनबत्ति बालेर अविरको अक्षर लेखेको २३औं जनयुद्ध दिवस जिन्दावाद लेखेको, नारा जुलुससहित जनसभा भएको हो । सभामा धनुषा इन्चार्ज राजु कार्कीले ‘जनयुद्धको उपलब्धीकोे रक्षा गर्दै अधुरो क्रान्तिको पूरा गर्ने जिम्मा हाम्रो काधमा आएको छ । यसलाई पुरा गर्न अगाडी बढ्नु नै २३औं जनयुद्ध दिवस मनाउनुको सार्थक हो ।’ 

२०७४ फागुन २ गते अपरान्ह ५ : ४५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :