नेकपा कास्कीद्वारा २३औं जनयुद्द दिवस विभिन्न कार्यक्रम सहित समपन्न

रमाकान्त बास्तोला / कास्की : कास्कीमा नेपाल कम्युनिस्ट पार्टीद्वारा २३ औ जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाएको छ । २३औं जनयुद्धका अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति कास्कीले पोखराको मझेरीपाटनमा रहेको शहीदस्मृति स्मृति आवासीय माविमा सञ्चालन गरेको “जनयुद्ध र आजको सन्दर्भ” विषयक खुल्ला वक्तृवकला प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै सेक्रेटरी रुपेशले उक्त कुरा बताएका हुन् । उनले गरीब, किसान, मजदुर, सुकुम्बासीलगायत सर्वहारा वर्गको अधिनायकत्व हुने गरी राज्यसत्ता प्राप्त नभएसम्म क्रान्ति जारी रहने प्रतिबद्धता व्यक्त गरे । उनले सर्वहारावर्गको राज्यसत्ता प्राप्तिका लागि आवश्यक परे वलिदानी दिन तयार रहन पनि युवा र विद्यार्थीहरुलाई आव्हान गरे ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं गण्डक ब्युरो सदस्य मिलन राईले माध्यमिक तहसम्म शिक्षा निःशुल्क भनिए पनि सरकारले देशी तथा विदेशी दलाल र माफियाहरुको चंगुलमा परेर माध्यमिक शिक्षालाई निःशुल्क गर्न नसकेको आरोप लगाए । उनले शैक्षिक क्षेत्रलाई व्यापारीकरण गर्ने र अस्तव्यस्तत पार्ने शैक्षिक माफिया र दलालहरुलाई जनकारवाही गर्ने उद्घोष गरे । १० जना प्रतिष्पर्धीहरु रहेको उक्त प्रतियोगितामा तेजविक्रम ओली क.अजय प्रथम, दीपेन्द्रजंग शाही द्वितीय, तृतीय दिनेश पुन मगर र प्रविन गुरुङले सान्त्वना हासिल गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डल अखिल नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय महासचिव हिमलाल पराजुलीको संयोजकत्वमा रहेको थियो । अखिल (क्रान्तिकारी) कास्की जिल्ला समितिका अध्यक्ष काजी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बेपत्ता योद्धा पुर्ण पौडेलकी आमा मोतीमाया पौडेल, नेकपा गण्डक ब्युरो सदस्यद्वय उभार र गोकुल पराजुली, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं धवलागिरी ब्यूरो ईञ्चार्ज आश तमु, लगायत उपस्थित रहेको थियोे । अखिल (क्रान्तिकारी) कास्की जिल्ला उपाध्यक्ष प्रकाश बास्तोलाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम सञ्चालन जिल्ला सचीव आस्था नेपालीले गरेकी थिइन् । यस्तै कास्कीमै नेपाल कम्युनिस्ट पार्टी कास्कीका विभिन्न जनवर्गीय संघठनहरु द्वारा छुट्टाछुटै विभिन्न ठाउमा जनयुद्ध दिवस बिशेष रुपले मनाएका थिए । यसरी अन्नपूर्ण गाउँपालिका कमिटिी कास्कीले पनि पर्यटकीय गाउँ घान्द्रुकमा एक कार्यक्रम गरेर आफ्नो जनसत्तालाई कर तिर्न आव्हान गरेको छ ।

२३ औं जनयुद्ध दिवस को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा अन्नपूर्ण गाउँपालिका सेक्रेटरी परिवर्तनले जनसत्तालाई कर तिर्न स्थानीय जनतालाई आव्हान गरेका हुन् । कार्यक्रममा बोल्दै उनले अन्नपूर्ण गाउँपालिका घुम्न आउँदा जनसरकारको अनुमति लिनुपर्ने बताए । उनले स्थानीय तहमा निर्वाचित भ्रष्ट जनप्रतिनिधिहरुलाई तीन महिनाभित्र राजीनामा दिन निर्देशन दिंदै तीन महिनाभित्र राजीनामा नगरे जनकारबाही गर्ने उद्घोष गरे ।

यस्तै मजदुर संघठन द्वारा पनि पोखरा औधोगिक क्षेत्रमा विशेष चियापान कार्यक्रमसहित जनयुद्ध दिवस मनाएको थियो भने कास्की इलाका १ मा पनि इलाका इन्चार्ज किसान सिंह गुरुङको अतिथ्यतामा जनयुद्धमा राज्यद्वारा बेपत्ता पारिएका योद्दा सोमबहादुर परियार ज्योतिको स्तम्भ ज्योति चोकमा पनि मैनबत्ती प्रज्वलन गरी जनयुद्धका शहीद, बेपत्ता, घाइते, योद्दाहरुलाई सम्झना गर्दै बाँकी क्रान्ति पुरा गर्ने उद्घोषसहित विशेष रुपले मनाइएको थियो अन्नपूर्ण गाउँपालिका समितिले पर्यटकीय गाउँ घान्द्रुकमा एक कार्यक्रम गरेर आफ्नो जनसत्तालाई कर तिर्न आव्हान गरेको छ । २३ औं जनयुद्ध दिवस को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा अन्नपूर्ण गाउँपालिका सेक्रेटरी परिवर्तनले जनसत्तालाई कर तिर्न स्थानीय जनतालाई आव्हान गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले अन्नपूर्ण गाउँपालिका घुम्न आउँदा जनसरकारको अनुमति लिनुपर्ने बताए । उनले स्थानीय तहमा निर्वाचित भ्रष्ट जनप्रतिनिधिहरुलाई तीन महिनाभित्र राजीनामा दिन निर्देशन दिंदै तीनमहिनाभित्र राजीनामा नगरे जनकारबाही गर्ने उद्घोष गरे ।

२०७द्ध फागुन २ गते साँझ ६ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :