युरोपमा २३औं जनयुद्ध दिवस

एसबी छट्याल / बेल्जियम : नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको आयोजनामा एन्ट्वेर्पेन शहरमा २३औं नेपाली जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले राजनैतिक, सांगठनिक तथा अन्य विविध पक्षमा संगठनले गरेको प्रगति तथा योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले नेपाली जनयुद्धको उद्देश्य पुरा नभएकाले नेपाल स्वाधिन, स्वतन्त्र, समुन्नत हुन नसकेको र अबको क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा मोर्चाका उपाध्यक्ष रकेन्द्र घिमिरे, सल्लाहकार मणि कुमार राई, केन्द्रीय सदस्य मुना राई र मोर्चा युरोपका उपाध्यक्ष बदन योङ्गहाङ्गले मन्तव्य राख्नु भएको थियो । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य प्रदिप अधिकारीले ’ज्युदो सपना’ शिर्षकमा निकै घटलाग्दो कविता वाचन गर्नुभएको थियो ।

मोर्चाका अध्यक्ष मेख तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मोर्चाका महासचिव माकुना राइले संचालन गर्नुभएको उक्त कार्यक्रममा आगामी दिनमा संगठनले बेल्जियमको नेपाली समुदाय भित्र र अन्तर्राष्ट्रिय जगतमा खेल्नु पर्ने भूमिकाको बारेमा व्यापक छलफल भएको थियो ।

२०७४ फागुन २ गते अपरान्ह ३ : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :