एनसेलमाथि देशभर जनकारबाही

झनक श्रेष्ठ / काठमाडौं : २३ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेकपाको आह्वानमा जनताले सोमबार राती राजस्वमारा भ्रष्ट एनसेल कम्पनीमाथि राजधानी काठमाडौँलगायत देशव्यापी आक्रमण गरेको समाचार प्राप्त भएको छ । रातो खबरका जिल्ला संवाददाताहरुले मुलुकका विभिन्न जिल्ला र स्थानमा रहेका एनसेलका टावरहरुमाथि नेकपाका कार्यकर्तासहित जनताहरुले आक्रमण गरी चेतावनी दिएको बताएका छन् । 

रामेछाप संवाददाताका अनुसार नेकपाका कार्यकर्ताहरुले रामेछापको पुरानो सदरमुकाम रामेछापडाँडा र लखनपुरको थापागाउँमा रहेका एनसेल टावरमा आगजनी गरेका छन् । यसैबीच दोलखा जिल्लाको सदरमुकाम चरीकोटनजिकै चरीघ्याङडाँडामा रहेको एनसेल टावरमाथि नेकपाका कार्यकर्ताले कारबाही गरेको जानकारी दोलखा संवाददाताले जनाएको छ ।

यसै सिलसिलामा सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको टेलिफोन सेवाप्रदायक संस्था एनसेलको टावरमा सोमबार राती तोडफोड र आगजनी गरिएको छ । त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका ११ खनार, सिन्धुलीको कमलामाई नगरपालिका २ चपौली, धनुषाको मिथिला बिहारी नगरपालिका २ सिरसैया पत्तथरकोट, धनकुटाको धनकुटा नगरपालिकास्थित मार्गा धर्मशालामा रहेको एनसेल टावरमा पनि तोडफोड र आगजनी गरिएको जानकारी प्राप्त भएको छ ।

यसैबीच, सप्तरीको सुरुङ्गा नगरपालिका ७ घाटी र सिराहाको अरुणा गाउँपालिका २ बर्मपुरीमा रहेका एनसेल टावरमाथि पनि सोमबार राती नै आक्रमण गरिएको छ ।
यसैगरी सुदूरपश्चिममाञ्चलमा रहेको कञ्चनपुरको वेदकोट र शुक्लाफाँटा टावर, डँडेल्धुराको काफलीमा रहेको एनसेल क्षेत्रीय टावर, कैलालीका टीकापुर र जानकीनगर टावरमा नेकपाका कार्यकर्ताले आगजनी गरेको बताइएको छ । त्यसैगरी सुर्खेतमा रहेका एनसेलका ३ वटा टावर र जाजरकोटमा २ वटा टावरमा पनि सोमबार राती नै आक्रमण भएको हाम्रा संवाददाताहरूले जनाएका छन् । डँडेल्धुराको काफली टावरको आक्रमणका कारण डँडेल्धुरामा एनसेल सेवा अवरुद्ध भएको सामाचार छ ।

सिन्धुपाल्चोक

यसैगरीे नारायणी ब्युरोअन्तर्गत मकवानपुर जिल्लाको मनहरीस्थित एनसेल टावर र बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैयाबजारस्थित एनसेल टावरमाथि कारबाही भएको समाचारमा जनाइएको छ ।

यसैबीच रोल्पाको माडी गाउँपालिका वडा नं. ६ को मेनहीस्थित एनसेलको टावरमा आक्रमण हुँदा टावर ध्वस्त भएको छ । त्यस्तै रुकुमको पेउँघामा पनि एनसेलको टाउर ध्वस्त भएको खबर प्राप्त भएको छ । पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाको पेउँघा र नुवाकोटको सिमानामा रहेको एनसेलको टावरमा आगो लगाइएको छ । चितवनको रत्ननगर नगरपालिकामा रहेको एनसेलको टावरमा आगो लगाइएको समाचार प्राप्त भएको छ । त्यसैगरी काठमाडौँका २ ठाउँमा र भक्तपुरको १ ठाउँमा एनसेलको टावरमाथि आगो लगाइएको हाम्रा संवाददाताहरूले जनाएका छन् । यसैगरी सिन्धुपाल्चोक त्रीपुरासुन्दरी गाउँपालिका स्थित टेकानपुरमा र मेलम्चि नगरपालिका स्थित नेपालथोकमा रहेको एनसेल टावरमा कारबाही गरेको छ । घट्नाबाट लाखौंको क्षति पुगेको बताइएको छ । आगजनि पश्चात् त्यस वरपर एनसेल सेवा अवरुद्द भएको जानकारी आएको छ ।

स्राेत : राताे खबर साप्ताहिक

२०७४ फागुन २ गते दिउँसो २ : ५६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :