दलालहरुका नाइकेहरुलाई काशीतिर लखाट्ने नेकपाको उदघोष

काठमाडौँ : २३ औं जनयुद्ध दिवस मेची ब्युरो अन्तर्गत झापा जिल्लाको केर्खामा रहेको प्रथम डिविजनको सहिद स्मारक गेटमा सव्य र सव्य रुपमा मनाएको छ । २३ वटा झण्डा र जनयुद्धको झल्कोे दिने गरी २३ वटा पटका पट्काउँदै मनाएका हो । उक्त कार्यक्रममा नेकपाका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा ‘विरही’, केन्द्रीय सदस्य निर्मल, उक्त कार्यक्रममा शुभकामना राख्दै पोलिट ब्युरो सदस्य विरहीले संसदीय व्यवस्थालाई खरानी पार्दै वैज्ञानिक समाजवादी व्यावस्था स्थापना गर्दै आम मजदुर, किसान जनतालाई मुक्ति दिलाउने र दलालहरुका नाइकेहरुलाई कासीतिर लखाट्ने उदघोष गर्नु भयो । नेपालमा जनयुद्धकै निरन्तरसहित एकीकृत जनक्रान्ति अघि बढ्ने प्रतिबद्धता साथ आम जनतालाई अपील गर्नु भयोे र कार्यक्रममा मेची ब्युरोका सदस्य तथा मजदुरको पूर्वी कमाण्ड इन्चार्ज शर्ब श्रेष्ठ, अर्को मेची ब्युरो सदस्य दर्शन, उमेश, राजुको उपस्थिति रहेको थियो भने झापा जनसरकार प्रमुख सुमनसिंहले कार्यक्रम सञ्चालन गरेका थिए भने समाध्यक्ष झापा जिल्ला सेक्रेटरी सौगातले गरेका थिए ।
२०७४ फागुन २ गते बिहान ९ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :