पुरानो राज्यलाई ध्वस्त पारौं : सुदर्शन, स्थायी समिति सदस्य, नेकपा

काठमाडौं : नेकपाका स्थायी समिति सदस्य सुदर्शनले माक्र्सवादलाई सही तरिकाले आत्मसात गरेर बलप्रयोगको सिद्धान्तलाई लागू गर्ने बताउनुभयो । बल प्रयोगबिना पुरानो राज्यलाई ध्वस्त गरी नयाँ राज्य निर्माण गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले अहिले सानो राष्ट्र भए पनि जनगणतन्त्र कोरियाले आणविक हतियार निर्माण गरेर विश्वको सबैभन्दा बलियो भन्ने गरिएको अमेरिकालाई थर्कमान पारेको बताउनुभयो । हतियार भएकैले अहिले कोरियाले अमेरिकालाई बिनासर्त वार्ता गर्ने ठाउँमा पु¥याएको उहाँले बताउनुभयो । जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) द्वारा संयुक्त रूपमा मनाइएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले सम्बोधन गर्दै भन्नुभयो, ‘महान् जनयुद्धलाई नेपालका नवसंशोधनवादीहरूले बीचैमा ध्वस्त पारेका थिए । अहिले नेपालका क्रान्तिकारीहरूले नयाँ शिराबाट क्रान्तिलाई अगाडि बढाउने चेष्टा गरिराखेका छन् । प्रचण्डहरूले कम्युनिस्ट पार्टीलाई पूरै प्रतिक्रियावाद उन्मुख बनाएका बेलामा त्यहाँ रहेका क्रान्तिकारी साथीहरूले त्यो पार्टीसँग सम्बन्धविच्छेद गर्दै क्रान्तिकारी ध्रुवीकरणमा आउनुपर्छ ।’ उहाँले विचार र राजनीतिका आधारमा केही समयमा नै नेकपासँग एकता हुने बताउनुभएको थियो । उक्त कार्यक्रममा नेकपा (माके) का विद्रोही नेताहरू लोकेन्द्र बिष्ट, गोपाल किराँती र विश्वभक्त दुलाल (आहुति) ले माओवादी केन्द्रका मुख्य नेताहरूले क्रान्तिकारी विचार र राजनीति पूर्ण रूपले छाडी आत्मसमर्पण गरेकाले त्यहाँबाट क्रान्तिकारीहरूले विद्रोह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

२०७४ फागुन १ गते साँझ ७ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :