नेकपाका कार्यकर्ता गिरफ्तार

thumbnail of Giraftari Ko Birodh 2074 Phagun 1काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नारायणी ब्युरो सदस्य प्रहाद फुँयाललाई बिनाकारण प्रहरीले मंगलबार गिरफ्तार गरेको छ । फुँयाललाई दिउँसो १२ बजे चन्द्रपुर नगरपालिका ३ गैँडाटारस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको नारायणी ब्युरोले जनाएको छ । यसैबीच नारायणी ब्युरोका इन्चार्ज मिलनले प्रेसविज्ञप्ति जारी गर्दै रौतहट प्रहरी प्रशासनको कार्यप्रति घोर विरोध तथा भत्र्सना गर्नुभएको छ । उहाँले बिनाकारण पार्टीका नेता, कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाउने दलाल सत्ताको कायर प्रवृत्तिको पार्टी डटेर प्रतिरोध गर्ने बताउनुभएको छ । उहाँले गिरफ्तार गरेका पार्टीका नारायणी ब्युरो सदस्यलाई तत्काल रिहा नगरिए त्यसको परिणामबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् प्रहरी प्रशासन नै हुने चेतावनी दिनुभएको छ । इन्चार्ज विज्ञप्तिमा ‘हाम्रो पार्टीले बारम्बार भन्दै आएको विषय हो, वर्तमान दलाल संसदीय व्यवस्थाले जनताको आधारभूत समस्या हल गर्न सक्दैन । कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, घूसखोर, तस्करी, गुण्डागर्दी, राष्ट्रघात तथा जनघातको बलमा टिकेको यो दलाल संसदीय व्यवस्थालाई बदलेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ आफ्ना हरेक गतिविधि बढाइरहेको’ उल्लेख छ ।
२०७४ फागुन १ गते साझ ६ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :