काठमाडौं : २३ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेकपाले गए राती राजस्वमारा एनसेल कम्पनीमाथि देशव्यापी आक्रमण गरेको समाचार प्राप्त भएको छ । सोही सिलसिलामा कञ्चनपुरको वेदकोट र शुक्लाफाँटा टावर, डँडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर, कैलालीका टीकापुर र जानकीनगर टावर, सुर्खेतका ३ वटा टावर र जाजरकोटमा २ वटा टावरमा आक्रमण भएको हाम्रा संवाददाताहरूले जनाएका छन् ।

डँडेल्धुराको काफली टावरको आक्रमणका कारण डँडेल्धुरामा एनसेल सेवा अवरुद्ध भएको सामाचार छ ।

यसैगरी नारायणी ब्युरो अन्तर्गत मकवानपुर जिल्लाको मनहरीस्थित एनसेल टावर र बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैया बाजारस्थित एनसेल टावरमाथि कारबाही भएको समाचारमा जनाएको छ । यसैगरी तनहुँकाे एनसेल टावरमामाथि कारबाही गरेकाे छ ।

यसैबीच रामेछापकाे रामेछाप डाँडामा र लखनपुरकाे थापा गाउँमा रहेकाे एनसेलकाे टावरमा अाजगनी गरेकाे छ । यसबीच दोलखा जिल्लाको सदरमुकाम चरिकोट नजिकै चरिघ्याङ् डाँडामा रहेको एनसेल टावरमाथि नेकपाका कार्यकर्ताले कारबाही गरेको दोलखा संवाददाताले जनाएके छ । अन्यत्रको क्षतिको विवरण आउन बाँकी छ ।
२०७४ फागुन १ गते बिहान ८ : ४८ मा प्रकाशित रामेछापकाे अाजगनी