एनसेलको टावरमा आक्रमण

काठमाडौं : सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको टेलिफोनसेवालगायत संस्था एनसेलको टावरमा गए राती ताेडफोड र आगजनी भएको छ । त्यसैगरी इटहरी उप-महानगरपालिका ११ खनार, कमलामाई नगरपालिका २ चपौली सिन्धुली, मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, धनकुटा नगरपालिका वडा नं. मार्गा धर्मशालामा पनि ताेडफोड र आगजनी भएकाे छ । सुरुङ्गा नगरपालिका ७ घाटी सप्तरी, अरुणा गाउँपालिका २ बर्मपुरी सिरहामा रहेको एनसेलको टावरमाथि आगजनी भको छ । यसैगरी सुदुरपश्चिमको डडेलधुरामा पनि आगजनी गरेको डडुलधुराका संवाददाताले बताएका छन् । क्षतीको विवरण आउन बाँकी छ भने घट्नाको जिम्मा कसैले लिएको छैन । एनसेलले ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको आरोप नेकपाले लगाउदै आएको छ । गत वर्ष पनि नेकपाका कार्यकर्ताले देशव्यापी गरी १०० औं स्थानमा आगजनी गरी करोडौंकोे क्षती पु¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :