२ निर्माण व्यवसायमाथि आक्रमण

काठमाडौं : भोजपुर लेगुवामा भीम पौडेल स्वामीत्यको ओमशाही क्रसर उद्योगमा गए राती आगजनी भएको छ । सो क्रशसर उद्योग स्थानीय निकाय (साबिकको जिविस)मा दर्ता नगरेको, आयकर भुत्तानी नगरेको आरोप नेकपाले लगाउदै आएको थियो । त्यसैगरी गए राती नै भोजपुर–लेगुवा खण्डको निर्माण कार्य गर्दै आएको राम मैनाली स्वामीत्वको कन्काई कन्ट्रक्शनको डोजर, रोडरलगायतमा पनि आगजनी भएको छ । सो आक्रमण हिले भञ्ज्याङमा भएको हो । क्षतीको विवरण आउन बाँकी छ भने सो घट्नाको जिम्मा कसैले लिएको छैन ।
२०७४ फागुन १ गते बिहान ६ : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :