औपनिवेशिक शिक्षाविरुद्ध वैज्ञानिक समाजवादी शिक्षा : भीष्मकुमार शाही

१. भूमिका

नेपाल कम्युनिस्ट पार्टीले नेपालको दलाल संसदीय व्यवस्थाको विकल्पवैज्ञानिक समाजवादी व्यवस्था दिएपछि अहिले शिक्षाकाबारेमा हाम्रो सङ्गठनको धारणा के हुने?वैज्ञानिक समाजवादी शिक्षा के हो ? भन्ने विषयमाजिज्ञासा उठेका छन् ।कम्युनिस्ट पार्टीले समाजवादी व्यवस्थामा कस्तो शिक्षा लागू गर्न चाहन्छ?यो शिक्षानीतिले राष्ट्र र जनताको जीवनमा के प्रभाव पार्दछ ?यो कसरीलागू हुन्छ ?नेपालमा हाल सञ्चालित शिक्षा के हो ?यसका समस्या केके हुन् । यो शिक्षा र समाजवादी शिक्षामा के अन्तर छ ?मूलतःयिनै जिज्ञासामा केन्द्रित रहेर यहाँ चर्चा गरिएको छ ।

हरेक नागरिकको युगअनुकूल ज्ञान,सीप र क्षमता अभिवृद्धिका साथै व्यक्तित्व निर्माण गर्ने, राष्ट्रको हित संरक्षण गर्ने, न्यायका पक्षमा निरन्तर लड्ने,अन्तर्राष्ट्रिय चुनौतीसँग प्रतिस्पर्धा गर्न सक्ने,सैद्धान्तिक एवम् व्यावहारिक ज्ञानले भरिपूर्ण नैतिकवान् जनशक्ति उत्पादन गर्ने संरचना नै शिक्षा हो ।महान् विचारक माक्र्सले सबै बालबालिकालाई निःशुल्क शिक्षा भन्नुभएको छ । यो भनाइले के स्पष्ट हुन्छ भने शिक्षा र संस्कृतिको उद्देश्य केवल दुनियाँको व्याख्यामात्र होइन, बदल्ने चेतना समेत दिनुपर्छ ।

नेपालको वर्तमान शिक्षा औपनिवेशिक शिक्षा प्रणाली हो । यसले गुलामहरु जन्माउँछ । यो मौलिकताविरोधी छ । यसलाई व्यवहारबाट अलग गरिएकोछ । वैज्ञानिक समाजवादी शिक्षा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणवाट निर्देशित हुन्छ । वैज्ञानिक,वस्तुवादी र श्रमसित गाँसिएको हुन्छ ।
औपनिवेशिक शिक्षा र वैज्ञानिक समाजवादी शिक्षाको वारे थप स्पस्टपार्न निम्न वुँदाहरुको व्याख्य गर्न जरुरी हुन्छ :
१. शिक्षा मौलिक र देशको भौगोलिकताअनुरूप व्यावहारिक हुन्छ ।
२.यो वैज्ञनिक र वस्तुवादी हुन्छ ।
३.यो औपनिवेशिक शिक्षानीतिको विरुद्धमा हुन्छ ।
४. मातृभाषामै पठनपाठनको व्यवस्था हुन्छ।
५.शिक्षाको सम्पूर्ण भार राज्यले लिन्छ ।
६.शिक्षा समान र जनमुखी हुन्छ ।

१. शिक्षा मौलिक र देशको भौगोलिकता अनुरूप व्यावहारिक हुन्छ

हाम्रो देशको शिक्षा पूरै अव्यावहारिक र अवैज्ञानिक छ । अहिलेका विद्यार्थी शिक्षा अध्ययन गर्र्छन्, डिग्री पास गर्छन्, सिरानीमा सर्टिफिकेट राखेर विदेशको सपना देख्छन् । युवा विद्यार्थीलाई श्रमबाट कति धेरै कटाइएको छ भने आफ्नो देशमा हलो जोत्न लाजमान्छ तर विदेशमा सिनो बोक्नदेखि चर्पी सफा गर्नसम्म तयार हुन्छ । यस्तो बुर्जुवा शिक्षाले मानिसको जीवनलाई संकटतिर धकेल्छ ।

आफ्नो बारीमा घाँस उम्रेको हुन्छ । नजिकै भारतवाट आयातित पसलमा विषादी हालेको तरकारी किनेर खान्छ । शैली र व्यवहार रुखो हुन्छ । यस्तो संस्कार विकास गर्नु बुर्जुवा शिक्षानीतिको धर्म नै हो। प्राविधिक ज्ञान कति कमजोर छ भने सामान्य बत्तीको प्लग बिग्रिएपछि बदल्न सक्दैन।

वैज्ञानिक समाजवादी शिक्षा देशको मौलिकता,भौगोलिकता र जनताको प्रत्यक्ष श्रमसित गाँसिएको हुन्छ । हामीहाम्रो शिक्षालाई जनताको श्रमसित जोड्छौँ । कम्तीमा १० वर्षसम्म अध्ययन गरिसकेपछि आफ्नो खुट्टामा बाँच्न सक्ने नागरिक तयार गर्दछ । शिक्षा हाम्रो देशको मौलिकता र भौगोलिकताअनुसारको हुन्छ । भौगोलिक रूपमा हाम्रो देश तीन प्रदेशमाविभाजितछ ः तराई,पहाड र हिमाल । तराईमा प्रशस्त अन्नबाली उत्पादन हुन्छ । तराईमा एक वर्ष फलेको धान नेपालमै वितरण गर्ने हो भने हरेक नेपालीलाई दुई वर्ष खान पुग्छ । त्यो महँगो चामल सबै विदेश निर्यात हुन्छ । विदेशी मिलमा फलामका टुक्रा मिसिएको गुणस्तरहिन चामल खान हामी बाध्य छौ । तराईमा एउटा कृषि विश्वविद्यालय खोलिन्छ । बिहान कलेजमा अध्ययन गर्ने र दिउँसो खेतबारीमा काम गर्ने व्यवस्था गरिन्छ । त्यो व्यवहारिक शिक्षा हुन्छ ।

त्यस्तै पहाडमा प्रशस्त कोसेबाली र सनपाटसम्बन्धी राम्रो सम्भावना छ । त्यहाँ कोसेबाली तथा सनपाट प्रशोधनसम्बन्धी विश्वविद्यालय बनाउने, बिहान कलेजमा अध्ययन गर्ने र दिउँसो प्रशोधन उद्योगमा काम गर्ने व्यवस्था गरिनेछ । त्यो पहाडी भौगोलिकताअनुसारको व्यावहारिक शिक्षा हुन्छ । अस्तै अन्य विषयमा पनि गर्न सकिन्छ । हामी त्यो गर्नेछौँ ।

हाम्रो देशमा चलेका विश्वविद्यालयको शिक्षा सङ्कायको उद्देश्य भनेको दक्ष जनशक्ति भएको शिक्षक उत्पादन गर्ने हो । अहिले नेपालमा ३० देखि४५ दि प्राक्टिकल गरेर दक्ष शिक्षक उत्पादन हुँदैन । त्यसकालागि बिहान कलेजमा पढ्ने, दिउँसो प्रावि,मावि र उमाविमा पढाउने व्यवस्था गरियो भने मात्र त्यो व्यावहारिक शिक्षा बन्छ र दक्ष शिक्षक उत्पादन गर्न सकिन्छ । त्यो वैज्ञानिक समाजवादी शिक्षाप्रणालीमा गरिन्छ । हाम्रो देशमा हाइड्रो इन्ड्रस्टीको राम्रो सम्भावना छ । त्यस्तै पर्यटन उद्योगको राम्रो सम्भावना छ । सुविधासम्पन्न प्राविधिक विश्वविद्यालय खेलिन्छ । कलेजमा हाइड्रो टेक्निकल शिक्षा अध्ययन गराइनेछ ।प्राक्टिकल गर्न नेपालका खोलानालाहरुमा जलविद्युत् उत्पादन गर्ने हो भने एकातिर राम्रो हाइड्रो प्राविधिकहरु उत्पादन गर्नसक्छौँ भने अर्कोतिर नेपालको विद्युत् क्षमता वृद्धि गरी विद्युत् निर्यात घटाउन सक्छौँ । पर्यटकीय प्राविधिक शिक्षा अध्ययन गराउने र सुन्दरठाउँहरुमा पर्यटकीय क्षेत्र निर्माण ग¥यौँ भने एकातिर पर्यटकभित्र्याएर विदेशी मुद्रा आर्जन गर्न सक्छौँ । राष्ट्रलाई धनीबनाउन सक्छौँ भने अर्कोतिर राम्रो पर्यटकीय प्राविधिकनिर्माण गर्न सक्छौँ । हाम्रो देशमा प्राविधिक,डक्टर,पाइलट,सरकारी कर्मचारी,स्टाफ नर्स, इन्जिनियर र शिक्षकहरु कति चाहिन्छ त्यसको खाका राज्यले दिन्छ र शिक्षण संस्थाहरुले जनशक्ति उत्पादन गरेर राज्यलाई जिम्मा लगाउँछ । राज्यले उत्पादित जनशक्तिलाई आवश्यक ठाउँमा व्यवस्थापन गर्छ । यति भयो भने एकपटक सोचौँ त हाम्रो देशको विकासको गति कति छलाङमय हुन्छ होला ! यस अर्थमा वैज्ञानिक समाजवादी शिक्षामा जनताकोश्रमसँग गाँसिएको, हाम्रो मौलिकता र भौगोलिकताअनुसारको शिक्षा हुन्छ। यसो भयो भनेमात्र सभ्य र वैज्ञानिक समाज निर्माण गर्न सकिन्छ ।

२. यो वैज्ञानिक र वस्तुवादी हुन्छ

यो शिक्षा माक्र्सवादी विज्ञानद्वारा निर्देशित हुनेहुँदा वैज्ञानिक हुन्छ । जगत्लाई बुझ्ने दृष्टिकोणदुईप्रकारकाछन्ः आध्यात्मिक र भौतिकवादी । आध्यात्मिकले यो पृथ्वी ईश्वरले बनाएको भन्छ । समाजमा धनीगरिबmशोषणदमनहुने कुरा पापकोकारणले ईश्वरले बरदान दिएको भन्नेमा विश्वास गर्दछ । समाजको समस्याको हल मानिसले गर्नसक्दैन वा सङ्घर्ष गर्नु पाप हो भन्छ ।

तर वैज्ञानिक समाजवादी शिक्षा भौतिकवादी दृष्टिकोणद्वारा निर्देशित हुन्छ । यसले आध्यात्मिक तर्ककेवल कल्पना र भ्रम मात्र हो भन्छ । विश्वभरिका मानवजातिमा जतिपनि समस्याआउँछन यसको हल गर्न सकिन्छ भन्छ । शोषण, दमन,अन्याय,अत्याचारको अन्त्य वर्गसङ्घर्षद्वारा गर्नसकिन्छ भन्नेमा विश्वास गर्दछ । काल्पनिक ईश्वरीय चिन्तन मान्दैन, यसको खारेज गर्दछ । सत्यको मात्र विश्वास गर्दछ । सबैमानिसलाई समान अधिकार प्रदान गर्न सकिने कुरामा विश्वास गर्दछ । यो पँुजीवादको दमन अन्याय र अत्याचारबाट समाजलाई मुक्त गर्नसकिन्छ । यसकालागि दलालहरुको अन्त्य गरेर वैज्ञानिक समाज निर्माण गर्नुपर्दछ, भन्ने कुरामा विश्वास गर्दछ । त्यसैले यो शिक्षा वैज्ञानिक र वस्तुवादी हुन्छ । सभ्य र वैज्ञानिक समाज निर्माण वैज्ञानिक दृष्टिकोणद्वारा स्थापित गर्नसकिन्छ । अध्यात्मिक दृष्टिकोणले मानिसलाई निरास बनाउँछ । महान् विचारक माक्र्सले आध्यात्मिक दृष्टिकोण अफिम हो भन्नुभएको छ । यो भयानक र घातक छ । यो दृष्टिकोणले समाजलाई विघटन गर्दछ ।

समाजवादी शिक्षाले गलतकुराको विरोधगर्न निर्देशित गर्छ । सत्यको पहिचान गर्न मद्दत गर्दछ । गलतप्रवृत्तिका विरुद्ध डटेर लड्न आदेश गर्दछ तर अवैज्ञानिक दृष्टिकोणले गुलामहरु पैदा गर्दछ । उदाहरणकारूपमा हाम्रैदेशका सत्ताधारीलाई लिन सक्छौँ । भारतले सीमामिचेकोे छ । दलालनेताभन्छ– सीमा मिचेको छैन । जस्तो शिक्षा उस्तै नेता, पुलिस, सेना । सबै गुलाम र निरीह हुन्छन् । वैज्ञानिक दृष्टिकोले कस्तो नागरिक निर्माण गर्छ भन्ने जनगणतन्त्र कोरियाको समाजलाईउदाहरणका रुपमा लिन सक्छौँ। त्यहाँका नेता,जनता र सेना प्रतिरोधी, आशालाग्दा र भरोसायोग्य देखिन्छन् । जनता पूरै सङ्गठित छन् । त्यस देशका जनताले अमेरिकालाई पूरै चुनौती दिइरहेका छन् । जनवादी शिक्षाले उत्तरकोरियाका जस्तै नेता जनता र सेना जो स्वाधीन, समृद्ध समाजमा रूपान्तरण गरिदिन्छ । नयाँनयाँ ज्ञानको अनुसन्धान गर्नमद्दत गर्दछ । जो विश्वमा आउने समस्याको समाधान गर्न मद्दत गर्दछ ।त्यसैले यो शिक्षा वैज्ञानिक र वस्तुवादी हुन्छ ।

३. यो औपनिवेशिक शिक्षानीतिको विरुद्धमा हुन्छ

जनतालाई गुलामी चेतना पैदा गर्ने शिक्षा नीति औपनिवेशिक शिक्षा नीति हो । नेपालको अहिलेको शिक्षा नीति औपनिवेशिक छ । औपनिवेशिक शिक्षा नीति र प्रर्णालिमा प्रकृतिविरुद्ध कुनै सङ्घर्ष हुँदैन र बदल्ने चेतना पनि हुदैन । हाम्रो देशमा अत्यधिक प्रकृतिक स्रोतछन् । शिक्षानीति औपनिवेशिक हुँदा जनतालाई प्राकृतिक स्रोतका बारेमा वास्तविक ज्ञान नै दिइएको छैन । भनिन्छ उपनिवेशमा बस्ने जनताको कुनै इतिहास हुँदैन । मानवीय भाषा नै हुँदैन । कस्तो नागरिक निर्माण गर्छ भने जो जनावरसरह श्रम गरिरहोस्।

औपनिवेशिक शिक्षानीतिले गर्दा नेपालको शिक्षा कति दबिएको छ भनेविश्वबैङ्कले ६० मिलियनभन्दा बढी अमेरिकी डलर दिने लोभ देखाएर त्रिभुवन विश्वविद्यालयलाई क्याम्पस स्वायत्त गर्न र प्रमाणपत्र तह हटाउन आदेश दियो जसले गर्दा गरिब जनताको पहुँचमा सञ्चालित नेपालको एकमात्र सरकारी विश्वविद्यालयमाश्रमजीवी वर्गलाई शिक्षा लिने अधिकारवाटवञ्चित गराइयो ।४९ प्रतिशत जनता निरक्षर,४०प्रतिशतजनता गरिबीको रेखामुनि,४७प्रतिशतजनता बेरोजगार भएको हाम्रो समाजमा शिक्षाको सम्पूर्ण भार जनतालाई बोक भन्नुको साँचो अर्थ तिमीनेपालीहरुलाई पढ्ने अधिकार छैन भन्नुजस्तै भएनर ?

हामीले ल्याउने वैज्ञानिक समाजवादी शिक्षाले औपनिवेशिक शिक्षा प्रणालीविरुद्ध लड्ने राजनीतिक र प्राज्ञिक नेता निर्माण गर्दछ ।किसान, मजदुर, युवा, विद्यार्थीलाई पहिला शिक्षित गर्दछ ।सबैमा राष्ट्रप्रेमको चेतनाउठाइन्छ।हामीप्राकृतिक स्रोतसाधनको उत्खनन, प्रशोधन र प्रयोगमा आधारित शिक्षानीति तय गर्छौं । स्कुले विद्यार्थीलाई सानैदेखि राष्ट्र,राष्ट्रियता र राष्ट्रप्रेमके हो ?साम्राज्यवादका विरुद्ध कसरी लड्ने ? आफ्नो समाजलाई कसरी सङ्गठित गर्ने भन्नेबारेमा सिकाउँछौँ । त्यसबाट स्वतन्त्रताको संस्कृतिस्थापित गरिन्छ । त्यसपछिमात्र हाम्रो शिक्षा समृद्ध र राष्ट्र स्वाधीनबन्नेछ ।औपनिवेशिक शैक्षिक कार्यक्रमहरु हामी पूरै खारेज गर्छांै ।

४. मातृभाषामै पठनपाठनको व्यवस्था

शिक्षाको महत्वपूर्ण पाटो एक भाषा हो । भाषिक समस्याभयो भनेपनि शिक्षा ग्रहण गर्न गाह्रो हुन्छ । हाम्रो देश बहुभाषीदेश हो ।नेपालमा अहिले पनि १२५ वटा भाषा प्रयोगमा छन् । सबैभन्दा बढी खस (५०.३१%)र सवैभन्दा कम सन्थाल र थकाली (०.०४%)भाषी नेपाली छन्् । यसैले नेपालले विश्वभरि नयाँ पहिचान स्थापित गरेको छ । तर दलाल संसदिय व्यवस्थासँग बहुभाषाको संरक्षण, प्रयोग र विकास गर्ने योजना नहुँदा वा मातृभाषामा शिक्षा प्रदान गर्न नसक्दा खसभाषीबाहेक अन्यभाषी विद्यार्थी स्वतःप्रतिस्पर्धामा पछाडि परेकाछन् ।एकातिर शिक्षा मातृभाषी बन्न सकेको छैन भने अर्कोतिर अंग्रेजी भाषामार्फत हाम्रो मौलिकतामा निरन्तर धावा बोलिरहेको छ । निजीदेखि सरकारी कलेजसम्म अंग्रेजी भाषाको नक्कल गरेर हाम्रो मातृभाषमा निरन्तर हमला गरिरहेका छन् । वैज्ञानिक समाजवादी शिक्षामा आफ्नै देशको बहुभाषाको संरक्षण गरिन्छ । मातृभाषामै अध्ययन गर्ने वातावरणको ग्यारेन्टी गरिन्छ ।हाम्रो शिक्षा नीतिमा हाम्रै भाषामाप्राविधिकि शिक्षाका पाठ्यक्रमहरु निर्मांण गरिन्छ । बहुभाषाको संरक्षण हुने गरी अझमातृभाषामै पढ्ने वातावरणको ग्यारेन्टी गरिन्छ ।त्यसपछि अहिले पैदाभएका विश्व चुनौतीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिनिर्माण गर्न सक्छौँ ।

५. शिक्षाको सम्पूर्ण भार राज्यले लिन्छ

शिक्षा पुर्खाको साझाअनुभववा सम्पति भएकाले यसमा मानवसमाजको समान अधिकार हुन्छ । शिक्षा लिन पाउनु हरेक नागरिकहरुको नैसर्गिक अधिकार हो भनेदेशका नागरिकलाई शिक्षा दिनु राज्यको प्रमुख जिम्मेवारी हो । यो कुरालाई शिरोधार्य गर्दै वैज्ञानिक समाजवादी शिक्षामा शिक्षाको सम्पूर्ण भार राज्यले लिन्छ ।वर्तमान नेपालको शिक्षामा सरकारले छुट्ट्याएको बजेट एकदमै कम छ । त्यसमा पनि लगानीको झन्डै ८९%हिस्सा प्रशासनिक खर्च र शिक्षकको तलबमा जान्छ । बाँकी रहेको ११प्रतिशत बजेटले कति भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तरमा योगदान पु¥याउला, सजिलै आँकलन गर्न सकिन्छ । यही कमजोरीमा टेकेर हाम्रा प्राज्ञिक नेतृत्वहरुशक्तिकेन्द्रकोदलाली गर्न बाध्य छन् । यही कमजोरीका कारणसाम्राज्यवादी वित्तीय संस्था र .मूलतः भारतियसाम्राज्यवादको एजेन्ट भारतीय राजदूतहाम्रो देशको तराईदेखिहिमालसम्म शैक्षिक भवन शिलान्यास र उद्घानगर्दै हिँड्छ । राजनीतिक पार्टीको नेताजस्तो भाषण गर्दै हिँड्छ ।

समाजवादी शिक्षामा शिक्षाको सम्पूर्णभार राज्यले लिन्छ । ठूुलठूला प्राविधिक विश्वविद्यालयहरु खोल्नेछ । भौतिक पूर्वाधारको तमाम व्यवस्था गर्नेछ । नयाँ अनुसन्धान केन्द्रहरु खोल्नेछ । नयाँ ज्ञान आविष्कारगर्नेछ । त्यसको रक्षा, प्रयोग र विकासको जिम्मा सबै राज्यले लिनेछ ।

६. शिक्षा समान र जनमुखी हुन्छ

नेपालको अहिलेको शिक्षा हेर्ने हो भने विशालबजारको मालजस्तो छ । धेरै पैसाहुनेले महँगो शिक्षा,पैसा कम हुनेले कमसल शिक्षा र पैसानहुनेले स्कुल र कलेजहरुको ढोका नै हेर्ननपाउने चरम निजीकरण रव्यापारीकरण छ । असमानताको कुरा गर्ने हो भने प्रत्येक कलेजपिच्छे पाठ्यक्रम र विषयवस्तुनै फरकफरक छन् ।नेपालमा एउटा यस्तो शैक्षिक संरचना छ जसलाई ए लेबल र ओ लेबलनामकरण गरिएको छ । सेनाको ब्यारेकजस्तैठूलठूला फलामे ढोकाहरु छन् । चारैतिर काँडेतारले घेरिएको छ । त्यहाँ असीमित आर्थिक लगानी छ । भौतिक पूर्वाधारको तमाम व्यवस्था गरिएको छ । दक्ष जनशक्तिसहितका शिक्षकहरुको व्यवस्था छ ।फरक पाठ्यक्रमको व्यवस्था, शैक्षिक क्यालेन्डरअन्ुसार समयमा परीक्षा र समयमैनतिजा प्रकाशन हुन्छ । त्यस्ता शैक्षिक संस्थाहरुमा पुँजीपति र अभिजात वर्गका बालबालिका अध्ययन गर्छन् ।अर्कोतिर यहीँ यस्तोे शैक्षिक संरचना छ जसलाई राज्यले सञ्चालन गरेको सरकारी भनिन्छ । त्यहाँ आर्थिक लगानी छैन । यो आईटीको जमनामा पनि चकर डस्टरको प्रयोग, कुनैमा त्यहीपनि प्राप्त छैन । भौतिक पूर्वाधारको खासै व्यवस्था छैन । समयमा परीक्षा हुँदैन । दक्ष जनशक्तिछैन । यो देशमापुँजीपतिले राज्यलाई तिर्ने कर, श्रमजीवीले, गरिब र मध्यम वर्गले तिर्ने कर समान छ ।पाउने अधिकार समान छ । तर शिक्षा असमान छ। अझ राज्यको रोजगारीमा जाने एकमात्र निकाय लोकसेवा आयोगमा प्रतिस्पर्धा समान छ ।शिक्षा असमान, प्रतिस्पर्धा समानभनेको बाघ र बाख्रोकसले जित्छ भनेजस्तो भएन र?

वैज्ञानिक समाजवादी शिक्षामा शिक्षा समान हुन्छ । सबैशिक्षालयमा समान आर्थिक लगानी हुन्छ । पाठ्यक्रम, भौतिक संरचना सबै समान हुन्छ । वैज्ञानिक पाठ्यक्रम र वस्तुवादी शैक्षिक क्यालेन्डर हुन्छ । दक्ष जनशक्ति भएका शिक्षकहरुको व्यवस्था हुन्छ । त्यसपछि प्रतिस्पर्धा पनि समान हुन्छ । त्यहाँ शिक्षामा निजीकरण र व्यापारीकरण हुँदैन । शिक्षा राज्यको दायित्वभित्र आइसकेपछि यो समाजवादी दृष्टिकोणबाट निर्देशित हुन्छ । वास्तविक समानता कायम हुन्छ । यस्तो शिक्षालेमात्र साम्यवादी समाज स्थापना गर्ने चेतनाको विकास गराउँछ । क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम पाउँछन् । समाजवादी शिक्षाले मात्र वास्तविक जनताको सहज पहुँच कायम गर्दछ । यो जनमुखी हुन्छ ।

हामीलाई चाहिएको शिक्षा वैज्ञानिक समाजवादी शिक्षा हो । जो देशको मौलिकता र भौगोलिकताअनुरूप व्यवहारिक हुन्छ । शिक्षाको केन्द्र आम जनतालाई बनाउँछ र काम गर्दा अध्ययन गर अध्यायन गर्दा काम गर भन्ने मान्यता राख्दछ । जुन ज्ञान चेतना र संस्कारलाई माक्र्सवादी वैज्ञानिक दृष्टिकोणले निर्देशित गर्दछ । वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थालेमात्र लागूगर्नसक्छ । वैज्ञानिक समाजवाद एकीकृत जनक्रान्तिले स्थापित गर्दछ ।एकपटक एकीकृतजनक्रान्तिमा सबै युवा, विद्यार्थी गोलबन्दहुनुपर्छ । तब मात्र नेपालमा वैज्ञानिक समानवादी शिक्षा लागू गर्न सक्छौँर देशलाई स्वाधीन र समृद्ध बनाउन सक्छौँ । स्रतो : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३४, पूर्णाङ्क १२९
२०७४ माघ २९ गते बिहान ११ : ३० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :