जनप्रगतिशील मोर्चा, मलेशियाको सक्रियतामा कुवेतमा बेचिएकी धनकुमारीसहित ३० जनाको उद्धार

सुप्रल भट्टराई / मलेशिया : नेपाल कम्युनिस्ट पार्टीनिकट जनप्रगतिशील मोर्चा, मलेशियाको विशेष पहलमा रोजगारीको सिलसिलामा १० महिना अगाडि कुवेतमा बेचिन पुगेकी धनकुमारी दर्नालसहित ३० जनालाई नेपाली राजदुतावास कुवेतको सहयोगमा उद्धार गरेको छ । इलाम, शुक्रबारे घर भइ १० महिना अगाडी कुवेत पुगेकीे दर्नाल करिव १० महिनाको अवधिमा ८ वठा घरमा बेचिएको थियो भने मोर्चाको तर्फबाट सन्तोष योन्जन समर्पण भट्टराई तेस्तै रोजगारीको सिलसिलामा कुवेत मै रहनु भएकी मुना ओलीको संयुक्त पहल र कुवेतस्थित नेपाली दुतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्माको सक्रियतामा जनवरी ९ तारिख पीडित स्थान अर्थात बेचिएको घरबाट उदार गरि दुतावासमा राखिएको थियो ।

निजलाई कुवेत पु¥याएर बिक्री गर्ने दलाल सम्पर्क बिहिन छन् । साथै, उनीसँगै पार्वती पुरीलागायत कुवेतस्थित नेपाली दूतावासमा विभिन्न समयमा दुतावासमार्फत उद्धार गरिएका र पीडित स्थानबाट भाग्न सफल भै दूतावासमा आएर बसेका थप २९ जनाको कुवेत स्थित नेपाली दुतावासको सहयोगमा संयुक्त रूपमा उद्धार भएको मोर्चाले जानकारी गराएको छ । तेस्तै यस अगाडि पनि मोर्चाले कुवेतबाट पीडित अन्जु ओली तेस्तै ओमनबाट कमला सार्कीको पनि सफल उद्धार गरिएको जनप्रगतिशील मोर्चा, मलेशियाका महासचिव अर्जुन सुवेदीले बताएका छन् ।
२०७४ माघ २९ गते बिहान ११ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :