स्वाधिन रास्ट्र र समृद्ध नेपाल निर्माण गर्ने बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन – सुदर्शन

किङ थापा / दिल्ली : शान्ति, समानता, स्वाधीनता र समृद्धिको लागि प्रवासी नेपालीहरु – एक होआैं ! विचार संप्रेशन र सुदृढ संगठनको लागि प्रथम राज्य सम्मेलन सफल पाराैं ! ! मुल नाराका साथ दिल्ली राज्य सम्मेलनपछि भएको घोषणा सभामा नेकपाका स्थायी समिति सदस्य सुदर्शनले भारतस्थित नेपालीहरुको संगठन “प्रवासी नेपाली जनसमाज भारत“ अन्तर्गत दिल्ली राज्य समितिको प्रथम राज्य सम्मेलनको घोषणा सभालाई सम्बोधन गर्दै स्वाधिन राष्ट्र र समृद्ध नेपाल निर्माण गर्नेबाहेक हाम्रो अर्को कुनै स्वार्थ नभएको बताउनुभएको छ । दिल्ली राज्यको पश्चिम बिहार क्षेत्रमा विशाल जनसभालाई सम्बोधन गर्दै सुदर्शनले प्रवासी नेपालीहरुलाई विशेष धन्यवाद दिनुभयो । बिगतको १० वर्षीय जनयुद्धमा प्रवाशले गरेको योगदान र शान्ति प्रक्रियामा पार्टी भित्रको भीषण दुई लाइन संघर्ष पुराएको योगदानप्रति र अबको एकीकृत जनक्रान्तिमा पनि महत्वपूर्ण योगदान पुराउने आशा र विश्वास पनि व्यक्त गर्नु भएको थियो । साथै, देशमा यतिबेला ‘समाजिक दलाल पुजीवाद’ (एमाले–माके गठबन्धन)ले कथित चुनावबाट बहुमत प्राप्त गरेको छ । यो गठबन्धनले नेपाली जनताले आशा गरेअनुसारको एक इन्च पनि काम गर्न सकेको छैन । यो चुनावले देशलाई पुरै कंगाल बनाएको छ, त्यसले जनतामा लूट मच्चाएको छ र विविध कुरामा कर प्रणालीबाट जनतालाई पुरै लुटेको छ । अब हामीले यस्ता लूट्ने दलालहरुलाई जनताको अदालतमा ल्याएर कारबाही गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रवास ब्युरो इन्चार्ज प्रथिकले लाखाैं प्रवासी नेपालीहरुको भविश्यको लागि निरन्तर संघर्ष गरिरहने बताउनु भएको छ ।, जनसमाजका केन्द्रीय अध्यक्ष आजाद सेनथापाले प्रथम सम्मेलनद्वारा निर्वाचित लालबहादुर कुवरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्य समितिमा उपाध्यक्ष दिल्लीराज पोखरेल, सचिव हिरालाल वि.क, सह–सचिव विष्णु जिसी र कोषाध्यक्ष माधव आरकेलगायतका सदस्यहरु रहेको घोषणा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उक्त घोषणा सभामा केन्द्रीय उपाध्यक्ष दामोदर पङ्गेनी, महासचिव मोतिराम गौतम, सचिव बिष्णु मल्ल, कोषध्यक्ष भिमकान्त घिमिरे, केन्द्रीय सदस्य भोजराज ढकाललगायत विभिन्न संगठनका प्रतिनिधिहरुले पनि बधाई तथा शुभकामना मन्तव्य राखेका थिए भने जनज्योति सास्कृतिक परिवार नोएडा, हिमाल स्मृति सांस्कृतिक परिवार पचिम दिल्ली र सनराइज सास्कृतिक परिवार पूर्वी दिल्लीका कलाकारहरुले बेजोड सांस्कृतिक प्रस्तुती देखाएका थिए ।

२०७४ माघ २८ गते बेलुका ७ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :