राष्ट्रघाती परियोजनाहरू खरानी पारिदिने नेकपाकाे चेतावनी

काठमाडौँ : नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले राष्ट्रघाती परियोजनाहरू खरानी पारिदिने चेतावनी दिनुभएको छ । उहाँले सङ्खुवासभा मकालु गाउँपालिका (साबिक नुम गाविस) मा रहेको अरुण तेस्रोको कार्यालयमा माघ २७ गते अपराह्न पार्टी कमरेडहरूले कारबाही गरेको जानकारी पनि दिनुभएको छ । उहाँले अरुण तेस्रो राष्ट्रघाती, जनघाती र जनताको हितविपरीतको परियोजना भएकाले खारेज गर्न नेपाली श्रम, पुँजी र प्रविधिमा निर्माण गर्न सम्बन्धित सबैमा अनुरोध पनि गर्नुभएको छ । आइतबार विज्ञप्ति जारी गर्दै विरहीले भन्नुभएको छ, ‘नेपालका संसदीय दलहरुले भारतीय साम्राज्यवादको दलाली गर्ने राज्यसत्ता र जनतन्त्रमाथि गम्भीर आघात पु¥याउँदै आएका छन् । त्यसकै निरन्तरतामा कोसी उच्च बाँध र अरुण तेस्रो जलविद्युत् परियोजना सम्झौता गरेका हुन् । अरुण तेस्रोको आयोजना राष्ट्रघाती भएको भन्दै हाम्रो पार्टीले गत वर्ष चेतावनीस्वरूप कारबाही गरेको थियो । तर त्यसको सुनुवाइ नभएकाले सङ्खुवासभा मकालु गाउँपालिका (साबिक नुम गाविस) मा रहेको अरुण तेस्रोको कार्यालयमा माघ २७ गते अपराह्नमा हाम्रा साथीले कारबाही गरेका छन् । अरुण तेस्रो राष्ट्रघाती र जनघाती जनताको हितविपरीत परियोजना खारेज गर्न नेपाली श्रम, पुँजी र प्रविधिमा निर्माण गर्न हामी सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । यसलाई अन्यथा ठानेमा अथवा अटेरी गरेमा त्यस्ता राष्ट्रघाती परियोजनाहरू खरानी पारिदिने कुरा पनि यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।’

२०७४ माघ २८ गते साँझ ६ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :