धनुषामा संगठन निर्माण तीव्र पार्दै नेकपा

काठमाडौँ : धनुषा जिल्लाको छिरेश्वर नगरपालिका ५ स्थित अरजन्मा गाउँमा नेकपाको वडा भेला तथा जनवर्गीय संगठनको भेला सम्पन्न भएको छ । भेलामा नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामलखन महतोको प्रमुख आतिथ्य र जिल्ला इन्चार्ज राजु कार्की, जिल्ला सेक्रेटरी अमर, महिला संगठन केन्द्रीय सदस्य केशोरी महरा, मजदुर नेता देव लामा, युवा नेता जाहिर, दलित नेता महेन्द्रको विशेष उपस्थितिमा चन्द्रकला महराको नेतृत्वमा ५ सदस्यीय पार्टी समिति निर्माण गरिएको छ । त्यसैगरी उक्त कार्यक्रममा हनुमान शाहको नेतृत्वमा ५ सदस्यीय जनपरिषद् गठन गरिएको छ । त्यस्तै रामचन्द्र शाहको नेतृत्वमा ५ सदस्यीय मधेसी मुक्ति मोर्चा गठन भएको जानकारी धनुषा संवाददाताले दिएका छन् ।

२०७४ माघ २९ गते अपरान्ह ४ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :