वर्तमान राजनीतिक परिस्थिति, रास्ट्रिय स्वाधीनता र निकास विषयक अन्तरक्रिया सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति मकवानपुरको आयोजनामा हेटौंडा बजारमा अन्तरक्रिया कार्यक्रम शनिबर सम्पन्न भएको छ । वर्तमान राजनीतिक परिस्थिति, रास्ट्रीय स्वाधीनता र निकास विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नारायणी ब्युरो इन्चार्ज चिरन पुनले कार्यपत्र पेस गर्नुभएको हो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष केशव गौतम, नेपाल वार यसोसियसनका अध्यक्ष अजमेर केसी, मकवानपुर उधोग संघका अध्यक्ष नवराज अर्याल, उद्योग वाणिज्य संघका जिल्ला उपाध्यक्ष गणेश भेटवाल, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बसन्तले बोल्नु भयो । कार्यक्रम जिल्ला इन्चार्ज ज्वालाले सञ्चालन गरेको थियो ।

२०७४ माघ २७ गते अपरान्ह ५ : ५२ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :