सेती–महाकाली स्वायत्त जनप्रतिनिधि सभाको दोश्रो अधिवेशन सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट सेती–महाकाली स्वायत्त जनप्रतिनिधि सभाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार (माघ २६ गते) भएको अधिवेशनमा केन्द्रीय जनपरिषदका उप–प्रमुख पदम राई, जनप्रतिनिधीसभाका सभाध्यक्ष उमा भुजेल र नेकपाका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनको आतित्थमा सम्पन्न भएको हो । अधिवेशनले धनबहादुर मल्ल प्रमुख रहेको १५ सदस्यीय स्वायत्त जनसरकार र हरिलाल थापा मगर अध्यक्ष रहेको ४५ सदस्यीय जनप्रतिनिधि सभाको पुनर्गठन गरेको जनपरिषदले जनाएको छ । कार्यक्रममा उप–प्रमुखलगायत वक्ताहरुले निर्देशनात्मक भनाईहरु राख्नु भएको बताएका छन् ।

२०७४ माघ २७ गते अपरान्ह ४ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :