रामेछापको सरकारी निकायका कर्मचारीहरु गैरजिम्मेवारी काम गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, जिल्ला जनपरिषद् रामेछापले २०७२ मा गएको भुकम्पबाट क्षतिग्रस्त जनताको आवास पुनः निर्माणका लागि राज्यले उपलब्ध गराएको काठमा पुर्ण रुपमा किराले खाएको पानीले भिजेर मकिएको काठ भित्र मौरीको घार जस्तो खोक्रो भएको शनिबार जिल्ला समन्वय समितिको कार्यालय हाताभित्र भेटिएकोप्रति आपत्ति जनाएको छ । जिल्ला जनपरिषदका प्रमुख विवेक लामाले रामेछाप जिल्ला वन कार्यालय, ठेकेदार सरकारी निकायका कर्मचारी र राजनितिक दलको मिलेमतोमा उपलब्ध गराइएको उक्त काठ जनतालाई वितरण नगर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । यसैगरी उनले राम्रा वलिया र भरपर्दो काठ उपलब्ध गराई सहज ढंगले समयमै जनतालाई वितरण गरिदिन मागसमेत गरेका छन् । साथै, जिल्ला जनपरिषदको मागलाई वेवास्ता गरे जनपरिषद रामेछापले कारबाहीको प्रक्रिया अगाडी बढाउन बाध्य हुने बताएका छन् ।

२०७४ माघ २७ गते दिउँसो ३ : ५८ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :