माओवादी केन्द्रभित्र अर्को भूइचालो

अम्बिका चन्द / काठमाडौं : पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले पार्टीबाट राजीनामा दिएका छन् । यस्तै जनयुद्धकालमा लामो समय विद्यार्थी संगठनको नेतृत्व गरेका लेखनाथ न्यौपानेले पनि पार्टीबाट राजीनामा दिएका छन् । सुवेदी माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सो पार्टीका ३ नम्वर प्रदेश संयोजक समेत हुन् भने न्यौपाने पोलीटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज हुन् । उनीहरु दुवै जनाले एक महिना पहिले नै पार्टी हेडक्वार्टरमा राजीनामा दिएको तर स्वीकृत नभएको बताइएको छ । यसबारेमा माओवादी मुख्यालयले आधिकारीक धारणा सार्वजनिक गरेको छैन । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने निर्णयसँगै उनीहरु रुस्ट भएको माओवादी केन्द्रका मझौला नेताहरु बताउछन् ।

२०७४ माघ १६ गते बिहान ९ : ५० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :