काठमाडौं : माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिक बम विष्फोट भएको छ । मंगलबार बिहान ५ बजे कैलालीको गोदावरी नगरपालिका १ अत्तरिया स्थित भट्टको घरको अगाडी बम विष्फोटको ठूलो आवाज आएको स्थानीयले बताएका छन् । घटनाबाट कुनै क्षति भएको छैन । माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्जसमेत रहेका पूर्वमन्त्री भट्टको घरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको नजिकै विष्फोट भएको बताएको छ । त्यसैगरी जिल्लाको गौरिगङ्गा नगरपालिकाको मालिका मावि चौमालाको मतदान केन्द्रमा सिलिण्डर बम विष्फोट भएको छ ।
२०७४ मंसिर १९ गते दिउँसो २ : ०१ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्