बम विष्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

काठमाडौं : दाङको तुलसीपुरमा मंगलबार दिउँसो प्रम एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभामा पुग्दै गर्दा १ सय ५० मिटर टाढा बम विष्फोट भएको थियो । विष्फोटमा घाइते भएकामध्ये १ म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । विष्फोटमा गम्भीर घाइते तुलसीपुर उप–नपा १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा रातीे २ : ३० बजे ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताएका छन् । गम्भीर घाइते भएका अन्य ३ जनाको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ । थप ५ जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा म्यादी प्रहरी देबी डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाइली छन् ।

२०७४ मंसिर १३ गते ९ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :