काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रौतहहटका जिल्ला सदस्य प्रेम जिम्बालाई प्रहरीले गिरफ्तार गरेको छ । जिम्बालाई बिहीबार दिउँसो रौतहटको चन्द्रपुर नपा स्थित गैडाटारबाट पक्राउ गरिएको हो । नेकपा रौतहटका इन्चार्ज विजयलालले बिहीबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । इन्चार्ज विजयलालले विनासर्त रिहाईको माग पनि गरेका छन् । त्यसैगरी नेकपा बाराका जिल्ला सदस्य डिपी लामालार्इ बाराकाे अमेलियाबाट प्रहरीले पक्राउ गरेकाे समाचार छ ।
२०७४ मंसिर ७ गते अपरान्ह ४ : ३२ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्