नवलपरासी र पाल्पा इन्चार्जसहित ३ गिरफ्तार

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज पार्वती ‘सामाना’ र जिल्ला सेक्रेटरी भुवन जिसीलाई प्रहरीले गिरफ्तार गरेको छ । दुवैलाई बुटवलबाट सोमबार साँझ गिरफ्तार गरेको हो । प्रहरीले भने पक्राउ गर्नुको कारण खुलाएको छैन । त्यसैगरी नेकपा नवलपरासीका इन्चार्ज पदम केसी ‘जुझारु’लाई प्रहरीले नवलपरासीको भूमहीबाट गिरफ्तार गरेको छ ।

२०७४ मंसिर ५ गते ८ : ३८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :