बर्दिबासबाट लामालाई गिरफ्तार

विजय लामा / बर्दिबास : प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले विना कारण गिरफ्तारी तीव्र पारेको छ । यसैक्रममा नेकपा महोत्तरीका जिल्ला सदस्य तिलक लामालाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार दिउसो ३ : १५ मा महोत्तरीको बर्दिबास बजारबाट प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले भने ‘माथिको आदेश भन्दै गिफ्तार गर्नु परेको’ बताएका छन् । आफ्ना कार्यकर्ता विनाकारण गिरफ्तार गरिएकोप्रति नेकपा महोत्तरीका इन्चार्ज तिर्थले आपत्ति जनाएका छन् । साथै पक्राउ परेका लामालाई विना सर्त रिहाइको माग पनि गरेका छन् ।

२०७४ कात्तिक २९ गते अपरान्ह ५ :०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :