क्रान्तिकारी–माओवादीका सयौं कार्यकर्ता नेकपामा प्रवेश

मकवानपुरः मोहन बैद्य नेतृत्वको क्रान्तिकारी–माओवादी मकवानपुरका सयौं कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । बुधबार हेटौंडामा भएको एक कार्यक्रममा सो पार्टीको भातृसंगठन (मजदुर संगठन) को पुरै जिल्ला समिति विज्ञप्ति जारी गरी नेकपामा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा मजदुर संगठन अध्यक्ष शिवप्रसाद पौडेल, जिल्ला नेता रामशरण कार्की, उपाध्यक्ष राजकुमार कुवँर, मुस्लिम मोर्चाका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य शेख जाहिर, मजदुर संगठनकै जिल्ला कोषाध्यक्ष कृष्णबहादुर कार्की, सह–सचिव जनक केसी, भरत देवकोटा, हरिप्रसाद पाण्डे, देवबहादुर श्रेष्ठ, दीपक अर्याल, रुद्रराज नेपाल, बद्रीराम श्रेष्ठ, होम कोइराला, प्रकाश कुमार गच्छदार, मनोज सुन्दास, ज्ञानबहादुर श्रेष्ठलगायत छन् । पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय नेता मिलन, अध्यक्षता जिल्ला इन्चार्ज ज्वालाले गरेका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सेक्रेटरी वाटरले गरेका थिए ।

२०७४ कात्तिक १५ गते अपरान्ह ६ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :