पर्सामा जताततै जनसभा / चुनाव खारेज अभियानमा उत्साहजनक जनसहभागिता

रातो खबर संवाददाता: नेपाल कम्युनिस्ट पार्टी, पर्साले चुनाव खारेजी अभियानको क्रममा जिल्लाका विभिन्न ठाउँमा जनसभा सम्पन्न गरेको छ । कात्तिक १३ गते बिहान ८ बजे विरगञ्ज महानगरपालिका १९ स्थित बरुवा र बिहान ९ बजे केहुनियामा, अपरान्ह २ बजे कालिकामाई गाउँपालिका ३ स्थित हरिहरपुर विर्तामा र अपरान्ह ४ः३० बजे पोखरिया नपा ४ स्थित पोखरिया बजारमा जनसभा सम्पन्न भएको पर्सा जिल्ला सेक्रेटरी विज्ञानले बताउनुभयो ।

जिल्ला इन्चार्ज आर्जनको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी विज्ञान तथा भोजपुरा प्रदेश जनपरिषद् प्रमुख विगा चौरसियाको आतिथ्यतामा सम्पन्न भएको उक्त सभालाई जिल्ला जनपरिषद् प्रमुख बुच्ची यादव, जिल्ला सचिवालय सदस्य तथा जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य पारश ठाकुर, जिल्ला सचिवालय सदस्य तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष श्यामसुन्दर ढुंगाना, जिल्ला जनपरिषद् सदस्य गोपाल कुशवाह र रामबाबु यादवले सम्बोधन गर्नुभएको थियो । जनसभालाई सम्बोधन गर्दै वक्ताहरूले ‘पार्टीले अघि सारेको प्रतिरोध तथा चुनाव खारेजी अभियानसँगै भ्रष्टाचारविरुद्ध संघषलाई तीव्र बनाउने, एकीकृत जनक्रान्तिको बाटोबाट नेपालको क्रान्तिलाई अघि बढाउने’ घोषणा गरेका थिए ।

२०७४ कात्तिक १५ गते अपरान्ह ४ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :