प्रवासी नेपालीमा नेकपा (बहुमत) प्रतिको आकर्षण ह्वात्तै बढ्यो

भारतमा सङ्गठन विस्तारमा तीव्रता, एकै सातामा ६ वटा समिति गठन

प्रवासी नेपालीमा नेकपा (बहुमत) प्रतिको आकर्षण ह्वात्तै बढ्यो

श्रीनगर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) प्रति आस्था राखेर भारतमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीबीच पार्टीप्रतिको आस्था र विश्वास ह्वात्तै बढेको छ । पार्टीको भ्रातृ सङ्गठन प्रवासी नेपाली एकता मञ्च भारतको विकासले गति समातेको छ । पार्टीप्रति आस्था र विश्वास वृद्धि हुनासाथ पार्टी सङ्गठन पनि ह्वात्तै विस्तार भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को कार्यदिशा, कार्यनीति र कार्यक्रमका बारेमा व्यापक छलफल र बहसका क्रममा भारत प्रवासमा रहेका नेपालीहरूमा पार्टी र क्रान्तिप्रति आशा र विश्वास बढ्दै गएको हो । नेपालको क्रान्तिकारी इतिहासमा नेताहरूबाट बारम्बार धोका हुँदै गएपछि अविश्वास बढेको समयमा प्रवासी नेपालीहरूमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लिएको कार्यदिशा, कार्यनीति र कार्यक्रमका बारेमा छलफल र बहस गर्ने क्रममा प्रवासी नेपाली एकता मञ्च भारतको झन्डामुनि गोलबन्द हुने क्रम तीव्र गतिमा बढेको हो ।

नेपालमा रोजगारको अभावका कारण बिदेसिन बाध्य नेपाली युवाहरूको ठूलो सङ्ख्या देशबाहिर रहेको छ । प्रवासमा छरिएर रहेका नेपालीलाई सङ्गठित गर्ने उद्देश्यले स्थापित प्रवासी नेपाली एकता मञ्च भारतमा लामबद्ध हुने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

यसैक्रममा २० डिसेम्बर २०२२ (५ कात्तिक, २०७९) का दिन भारतको उत्तराखण्डको श्रीनगरमा रहेका नेपालीहरूको भेला सम्पन्न भएको छ । नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् प्रवासी नेपाली एकता मञ्च भारतका इन्चार्ज देवीदत्त पाण्डेको विशेष उपस्थितिमा भएको भेलाले श्रीनगर नगर समिति गठन गरिएको छ ।

समितिमा अध्यक्ष धीरज विक, उपाध्यक्ष मनोज सिंह, सचिव पदम थापा, उपसचिव प्रकाश विक, कोषाध्यक्ष उमेश सिंह र सदस्यहरूमा राहुल, सुरज, विशाल, लालबहादुर लाल, शर्मिलादेवी, अर्जुन सिंह र धर्म सिंह रहेका छन् । तीन सदस्य पछि थप्ने गरी १५ सदस्यीय नगर समिति गठन गरिएको छ ।

त्यसैगरी २३ डिसेम्बर २०२२ का दिन भारतको हिमाञ्चल प्रदेशको सर्मोर जिल्लाको नेउटा साहिब तहसिल माजरामा रहेका नेपालीहरूको भेला सम्पन्न भएको छ । प्रवासी नेपाली एकता मञ्च भारतका इन्चार्ज देवीदत्त पाण्डेय र मञ्चका केन्द्रीय सदस्य रामचन्द्र देउवा उपस्थित भेलामा एउटा नगर समिति र दुईवटा एरिया समिति गठन गरिएको छ ।

नगर समितिमा अध्यक्ष कमल देउवा, उपाध्यक्ष पार्वती खड्का, सचिव लालबहादुर देउवा, सहसचिव भूमिका देउवा, कोषाध्यक्ष हिमा देउवा रहेका छन् भने सदस्यहरूमा गणेश बिष्ट, गङ्गा देउवा, लोकेश देउवा र प्रेम खड्का रहेका छन् ।

त्यसैगरी २ जना पछि थप्ने गरी ७ सदस्यीय प्रवासी नेपाली एकता मञ्च भारत महिला एरिया समिति गठन गरिएको छ । समितिकी अध्यक्ष मनीषा चौधरी, सचिव भूमिका देउवा र कोषाध्यक्षमा गङ्गा देउवा रहेका छन् । समितिका सदस्यहरूमा दुर्गा रावत र माया देउवा रहेका छन् भने २ जना पछि थप्ने निर्णय भएको छ ।

त्यसैगरी प्रवासी नेपाली एकता मञ्च भारतको पुरुष एरिया समिति गठन गरिएको छ । समितिमा अध्यक्ष लोकेश देउवा, सचिव गणेश बिष्ट, कोषाध्यक्ष हर्कबहादुर रावत रहेका छन् भने सदस्यहरूमा अमर बिष्ट, सुरेश देउवा, भरत देउवा र उर्मिला देउवा रहेका छन् ।

त्यसैगरी २४ डिसेम्बर २०२२ मा हिमाञ्चल प्रदेशको सर्मोर जिल्लाको सराहामा बस्ने नेपालीहरूको भेला प्रवासी नेपाली एकता मञ्च भारतका इन्चार्ज देवीदत्त पाण्डे, प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय सदस्य रामचन्द्र देउवा, सर्मोर नगर अध्यक्ष पुरन विकको उपस्थितिमा सम्पन्न भएको छ । भेलाले प्रवासी नेपाली एकता मञ्च भारत सराहा नगर समितिअन्तर्गत एरिया समिति गठन गरेको छ ।

समितिका अध्यक्ष रिमप्रसाद सुवेदी, सचिव भरत बिष्ट, कोषाध्यक्ष सीता भण्डारी रहेका छन् भने सदस्यहरूमा रतन विक, मीना शाही, सागर रावत, खड्क रावत र सुशील भण्डारी रहेका छन् ।

त्यसैगरी २६ डिसेम्बर २०२२ का दिन सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको १३० औँ जन्मदिवसको दिन महाराष्ट्र–गोवा–गुजरात संयुक्त राज्य समितिअन्तर्गत मुम्बईको पुणेमा भएको नेपालीहरूको भेलाले पुणे नगर समिति गठन गरेको छ ।

राज्यसमितिका इन्चार्ज रामु सुनार र राज्यका अध्यक्ष जीवन धामीको उपस्थितिमा प्रवासी नेपाली एकता मञ्च भारत पुणे नगर समिति गठन गरिएको हो ।

समितिका अध्यक्ष टेकेन्द्र बडुवाल, उपाध्यक्ष प्रेम विक, सचिव गणेश विक, सहसचिव नृप विक, कोषाध्यक्ष झलक विक रहेका छन् । त्यसैगरी समितिका सदस्यमा टीकाराम रानामगर, अम्मर बडुवाल, ललित विक, सुरज विक, सीपी रावत र डिकेन्द्र खड्का रहेका छन् ।

प्रवासी नेपाली एकता मञ्च भारतका सबै नगर समितिहरूले सर्वहारा वर्गका महान् नेता माओको १३० औँ माओ दिवस मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :