सङ्गठनका माग पूरा गर्न आह्वान गर्दै अखिल क्रान्तिकारीले त्रिविलाई दियो सङ्घर्षको चेतावनी

सङ्गठनका माग पूरा गर्न आह्वान गर्दै अखिल क्रान्तिकारीले त्रिविलाई दियो सङ्घर्षको चेतावनी

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले त्रिविलाई साउन १७ गते बुझाएको मागपत्रलगायत नतिजा प्रकाशनमा भैरहेको ढिलासुस्तीविरुद्ध ध्यानाकर्षण गराउँदै आइतबार त्रिविका भीसी धर्मकान्त बास्कोटा, परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई भेटेर अविलम्ब माग पूरा गर्न दबाब दिएको छ । मागहरूबारे स्मरण गराउन सङ्गठनका अध्यक्ष मिलन राई, उपाध्यक्ष वीरेन्द्र शाह, महासचिव रूपा बुढामगरलगायत प्रतिनिधिमण्डल परीक्षा नियन्त्रण कार्यालय पुगेको थियो । क्रान्तिकारीले तत्काल नतिजा प्रकाशित गर्न माग गर्दै अन्यथा आन्दोलनमा उत्रिनुको विकल्प नरहेको चेतावनी पनि दिएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न वर्ष तथा सेमेस्टरको परीक्षाफल एक वर्ष बितिसक्दासमेत प्रकाशित भएको छैन । समयमै नतिजा प्रकाशनका लागि विभिन्न चरणमा मागपत्र पेस गरी छलफल गरे पनि त्रिभुवन विश्वविद्यालय विद्यार्थीको नतिजा प्रकाशन गर्ने कुरामा गम्भीर नबनेको क्रान्तिकारीले जनाएको छ । त्रिविले गरेको लापरबाहीविरुद्ध आन्दोलन सुरु गरिएको जनाउँदै क्रान्तिकारीले विद्यार्थीको न्यायका लागि आफ्नो सङ्गठन अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :