नेकपा (बहुमत) सेम–कर्णाली ब्युरोको स्कुलिङ सम्पन्न

नेकपा (बहुमत) सेम–कर्णाली ब्युरोको स्कुलिङ सम्पन्न

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागको आयोजनामा सेती–महाकाली र कर्णाली ब्युरोको संयुक्त स्कुलिङ बर्दिया जिल्लाको बाँसगढीमा सम्पन्न भएको छ । पुस १ गते सुरु भएको स्कुलिङ ४ गते समापन भएको हो । स्कुलिङमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विषय अध्ययन–अध्यापन भएको थियो । स्कुलिङका प्रमुख अतिथि नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ थिए । दुई ब्युरोका पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य र ब्युरो सदस्यहरूलाई पार्टी कार्यालय सदस्य दीपक, सचिवालय सदस्य सङ्गमका साथै महाधिवेशन आयोजक समितिका सदस्यहरू खेम थपलिया र सुशासनले प्रशिक्षण दिएका थिए । पार्टीका सेती–महाकाली ब्युरो इन्चार्ज महानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कर्णाली ब्युरो इन्चार्ज सङ्गमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :