लुम्बिनी र गण्डकी ब्युरोको स्कुलिङ सम्पन्न

लुम्बिनी र गण्डकी ब्युरोको स्कुलिङ सम्पन्न

नवलपुर: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) स्कुलिङ विभागको आयोजनामा लुम्बिनी र गण्डकी ब्युरोको संयुक्त स्कुलिङ सम्पन्न भएको छ । मङ्सिर २८ गते सुरु भएको स्कुलिङ ३ पुसमा समापन भएको हो ।
स्कुलिङमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विषय अध्ययनअध्यापन भएको थियो । स्कुलिङका प्रमुख अतिथि नेकपा (बहुमत) केन्द्रीय कार्यालय सचिव गुणराज लोहनी थिए । दुई ब्युरोका पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य र ब्युरो सदस्यहरूलाई पार्टी कार्यालय सचिव लोहनी, सचिवालय सदस्यहरू लालबहादुर बीसी, रूपेश र महाधिवेशन आयोजक समितिका सदस्यहरू खेम थपलिया र गतिले प्रशिक्षण दिएको बताइएको छ ।
प्रशिक्षणमा लुम्बिनी र गण्डकीबाट ३१ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
समापन कार्यक्रममा सहभागीहरूका तर्फबाट नवलपरासी जिल्ला संयोजक विजय, स्याङ्जा संयोजक शारदा शाह र व्यवस्थापनका तर्फबाट रूपन्देही जिल्ला सदस्य रञ्जिताले अनुभूतिमूलक भनाइ राखेका थिए ।
पार्टीका लुम्बिनी ब्युरो इन्चार्ज लालबहादुर बीसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय स्कुलिङ विभागका सदस्य खेम थपलियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :