दार्चुलामा नेपालीमाथि भारतीय प्रहरी र कर्मचारीको आक्रमण असैह्य : नेकपा (बहुमत)

दार्चुलामा नेपालीमाथि भारतीय प्रहरी र कर्मचारीको आक्रमण असैह्य : नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा र भारतको धार्चुला जोड्ने पुलनजिक भारतले अन्तर्राष्ट्रिय सन्धिविपरीत बिनासहमति तटबन्धका लागि नदीबाट ढुङ्गा–बालुवा थुपारेका कारण नदीको बहाव नेपालको दार्चुला जिल्ला सदरमुकामतर्फ फर्केको विषयलाई लिएर दुवैतिरका जनताबीच आइतबार झडप भएको र भारतका प्रहरी र कर्मचारीसमेत संलग्न भई नेपाली जनतामाथि ढुङ्गामुढा प्रहार गरी घाइते बनाइएको विषयले पार्टीलाई गम्भीर बनाएको भन्दै निरीह बनेर यसप्रकारका असैह्य घटनाक्रम नसहन र भारतसँग स्पष्ट रूपमा छलफल गरी समस्याको समाधान गर्न विशेष आग्रह गरेका छन् । प्रवक्ता सुदर्शनले सोमबार विज्ञप्ति जारी गर्दै भारतीय प्रहरी र कर्मचारीको आक्रमणबाट घाइते भएका नेपालीको शीघ्र उपचार गर्न सरकारसँग जोडदार माग पनि गरेका छन् ।

प्रवक्ता सुदर्शनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा र भारतको धार्चुला जोड्ने पुलनजिक भारतले निर्र्माण गर्न प्रस्ताव गरेको तटबन्ध दुवैतर्फका प्राविधिकले सर्वेक्षण नगर्दै भारततर्फ तटबन्धका लागि नदीबाट ढुङ्गा–बालुवा थुपारिएका कारण नदीको बहाव नेपालको दार्चुला जिल्ला सदरमुकामतर्फ फर्केकोमा दुवैतिरका जनताबीच आइतबार झडपसमेत भएको कुराले नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली जनताले एकतर्फी भारतीय हस्तक्षेपको विरोध गर्नु त स्वाभाविक हो तर भारतका प्रहरी र कर्मचारीसमेत संलग्न भई नेपाली जनतामाथि ढुङ्गामुढा प्रहार गरी घाइते बनाइएको छ । सामान्यतः अन्तर्राष्ट्रिय सन्धि र विशेषतः दुवैतर्फका प्राविधिकहरूको सर्वेक्षण भएपछि मात्र तटबन्ध निर्माण गर्ने सहमतिविपरीत भारतले आफ्नो अङ्ग्रेजकालीन दमनकारी प्रवृत्तिलाई निरन्तरता दिएकाले यसको घोर भत्र्सना गर्दै नेपाल सरकारलाई निरीहता प्रदर्शन नगरी यसबारे भारतसँग स्पष्ट रूपमा छलफल गरी समस्याको समाधान गर्न विशेष आग्रह गर्दछौँ । यसका साथै घाइतेहरूको शीघ्र उपचार गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :