सहिद निरकुमार राई ‘प्रशान्त’ की आमा गङ्गामायाप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली प्रकट

सहिद निरकुमार राई ‘प्रशान्त’ की आमा गङ्गामायाप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली प्रकट

काठमाडौँ : महान् सहिद निरकुमार राई ‘प्रशान्त’ की आमा गङ्गामाया राईप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । आमा गङ्गामायाको सोमबार बेलुका सात बजे सुनसरीको धरानस्थित घोपा क्याम्पमा निधन भएको हो । सहिद आमा गङ्गादेवी राई श्वासप्रश्वास र प्यारालाइसिसबाट पीडित थिइन् ।
नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले मङ्गलबार श्रद्धाञ्जली तथा समवेदना विज्ञप्ति जारी गरी आमा गङ्गामायाप्रति श्रद्धाञ्जली प्रकट गर्दै सहिद प्रशान्तकी जीवनसँगिनी इन्द्रकला राई, बुबा रेखबहादुर राईलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । आमा गङ्गामाया र रेखबहादुरका चार छोरा र पाँच छोरीमध्ये दुई छोरा र दुई छोरीको निधन भइसकेको छ ।
पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको श्रद्धाञ्जली तथा समवेदना विज्ञप्तिमा भनिएको छ, ‘महान् सहिद निरकुमार राई ‘प्रशान्त’ की ममतामयी आमा गङ्गामाया राईको ७६ वर्षको उमेरमा मङ्सिर १९ गते सोमबार सुनसरी धरानस्थित घोपा क्याम्पमा श्वासप्रश्वास तथा प्यारालाइसिसबाट निधन भएको खबरले हाम्रो पार्टीलाई अत्यन्त मर्माहत बनाएको छ । २००३ सालमा भोजपुरको खडानन्द नगरपालिका– १४ बोयामा जन्मिएर जनयुद्धदेखि हालसम्म नेपालको क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएकी आमा गङ्गामायाप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र सहिद प्रशान्तकी जीवनसँगिनी इन्द्रकला राई, बुबा रेखबहादुर राईलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) आमा गङ्गामायाका योगदानहरूको उचित कदर र सम्मान गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :