बर्दिया : मंसिर ७, बर्दिया सानोगाउँ गुलरियामा विपन्न वर्ग, खाद्य सम्प्रभुता र शान्ति प्रक्रिया विषयमा शुक्रबार भव्य विचारगोष्ठी सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि माओवादी स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला कञ्चनले विषयको महत्व दर्शाउनुभएको थियो । सो कार्यक्रमको अध्यक्षता बर्दिया सेक्रेटरी देवकला शर्मा, सञ्चालन गणेश अर्यालले गरेका थिए ।
अन्य अतिथिहरुमा माओवदीका केन्द्रीय सदस्य गगन खड्का जिवन, अशोक रोकाय, नेपाली कांग्रेसका नेता थम्बप्रसाद घर्ती मगर, माओवादी केन्द्रका कोलराज पुरी, जिविस प्रतिनिधि पिताम्बर शर्मा, नापी विभागका प्रतिनिधि सामोदलाल कर्ण, बबई बहुमुखी क्याम्पसका प्रमुख विनोद अग्रवाल, खानेपानी तथा सरसफाई आयोजनाका होमनाथ लामिछाने, भूमिसुधार आयोजनाका ओमप्रसाद गौतम, नेपाल प्राध्यापक संघका अध्यक्ष राजेन्द्र धिताल, होटल व्यवसायी संघका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिना, जनस्वास्थ्य कार्यालयका धनप्रसाद खड्का, बबई मेडिकल कलेजका सुधाकर मिश्र, कृषि विभागका शिवराज सुवेदी, शिक्षा कार्यालयका शेरबहादुर खड्का, कृष्णसार यातायात सेवाका लोकबहादुर विश्वकर्मा, नेपाल शिक्षक महासंघका नवराज ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठनका लोकमणि आत्रेय, सरकारी वकिल कार्यालयका रामप्रसाद अधिकारी, बर्दिया उद्योग वाणिज्य संघका विरु चौधरी, गुलरिया नपाका श्याम शर्मा, चिजराज शर्मालगायतका अतिथिहरुले आफ्नो मन्तव्य राखेका थिए ।