ठगी धन्दामा चौधरी

ratokhabar-issue-69_2_21_-2073-08-08-18-copy

काठमाडौं: मंसिर ९, रत्ननगर नपा डेबौली निवासी आतिस चौधरी लामो समयदेखि वैदेशिक रोजगादाताका नाममा ठगी धन्दामा संलग्न रहेको रहस्य खुलेको छ ।

उनले बागगोविन्द चौधरी नामका नवलपरासी निवासी अर्का गैरकानुनी तथा मानवतस्करसँग मिलेर सो धन्दा गर्दै आएका छन् । आतिस चौधरीले मानव तस्करसँग सम्पर्क सूत्रको काम गर्ने र त्यसबापत कमिसन खाने गरेका छन् । चितवन, टाँडी र काठमाडौँ, बालुवाटारमा सोलार पसल गर्दै आएका आतिसको उक्त पेसा देखावटी मात्र रहेको र वास्तविक कमाइ भने ठगी धन्दा रहेको बुझिएको छ । रनपा १९ (साबिक बसैली ८) निवासी छन्नु महतोका छोरा श्रीकृष्ण महतोसँग २ वर्षअघि आतिस चौधरीले बापत १० हजार लिएका हुन् । दुई वर्षसम्म आलटाल गरेपछि आतिसले राहदानी हराएको बताउने, पीडितलाई उल्टै धम्क्याउन गर्दै आएका छन् ।

पीडित श्रीकृष्ण महतोका बुबाआमा अर्काको मेलापात गरेर जीविकोपार्जन गरिरहेका निरक्षर विपन्न सुकुमबासी हुन् । पीडितकी आमा राम्ररी नेपाली भाषा बोल्न पनि सक्दिनन् । पीडितकी दिदी बालकुमारी महतोले भाइको सामान फिर्ता दिन अनुरोध गर्दा चौधरीद्वयले उल्टै अपमानित गर्ने गरेको गुनासो गरेकी छन् । आतिसको परिवार कुनै बेला कठारबाट बसाइँ सरेर डेबौली आएका कारण उनीहरूलाई स्थानीयले कठरिया नामले चिन्ने गर्छन् । पीडित परिवार कानुनी उपचार गर्न सक्ने अवस्थामा पनि छैनन् । त्यसैले पीडित परिवार निरीह अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :