नेपाल बन्दमा कहाँ, के भयो ?

काठमाडौं: मंसिर ७, विपन्न वर्ग तथा विद्यार्थीलगायत कम आय भएका समुदायका लागि सरकारद्वारा ५० प्रतिशत अनुदानमा खाद्य पदार्थ उपलब्ध गराउन माग गर्दै नेकपा (माओवादी) द्वारा आह्वान गरिएको कात्तिक २८ गतेको नेपाल बन्द व्यापक गिरफ्तारी, दमन, आतङ्क र झूट्टा मुद्दा लगाउँदा पनि भव्य रूपमा सफल भएको छ । बन्दको प्रचार गर्दै गर्दा काठमाडौँ चाबहिलबाट २४ गते ध्रुव किराँतीलाई गिरफ्तार गरिएको थियो । कात्तिक २५ गते भटभटे चक्काजामका क्रममा मोरङको बरगाछीबाट जिल्ला सेक्रेटरी पुष्कर श्रेष्ठ, जितेन्द्र महरा ‘महावीर’, सीता चौधरी, डिल्ली नेपाल, कुमार खतिवडा, दीपक राई, नवराज नेपाल, फणिन्द्र निरौला, कमल नेपाल, वासुदेव चौधरी, दीपनारायण शाह, मुनिस शाह, दुःखी पासवान, झमेन्द्रदास कर्ण, बलराम कमादलगायत १५ जनालाई पक्राउ गरिएको थियो ।

विराटनगरबाट नेता ईश्वरी दाहाल ‘असारे काका’ ले दिनुभएको जानकारीअनुसार आफ्ना नेता–कार्यकर्ता पक्राउ परेपछि आक्रोशित कार्यकर्ताले विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । त्यस क्रममा रीता पासवान, तारावीर गुरुङ, केपी चौलागाईं, जितबहादुर मगर, दुर्गा तामाङ्, विकास थापामगर लगायत ९ जनालाई पक्राउ गरिएको थियो । गाईघाटबाट उदयपुर सेक्रेटरी केदार राईसहित १० जनालाई पक्राउ गरिएको थियो । त्यसैगरी दमकबाट सुमन पौडेल, नवीन अधिकारी, पुष्प अधिकारी, लीला बजगाईलगायत ४ जनालाई पक्राउ गरिएको थियो ।

त्यसैगरी काठमाडौँबाट पार्टी स्थायी समिति सदस्य सन्तोष बुढाले दिनुभएको जानकारीअनुसार भक्तपुरबाट चक्काजामका क्रममा बुद्धि पुन र राजकुमार बस्नेतलाई गिरफ्तार गरिएको थियो भने कोटेश्वर तीनकुनेबाट पोस्टर टाँस्दै गर्दा नवीन के.सी. र रवि गोलेलाई प्रहरीले २५ गते नै पक्राउ गरेको थियो । काठमडौँको रत्नपार्कबाट पार्टी पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित जनगणतान्त्रिक मञ्चका २० भन्दा बढी कार्यकर्ता २८ गते  रत्नपार्कबाट प्रक्राउ बिहानै गिरफ्तार हुनुभएको थियो। त्यस्तै जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय अध्यक्ष रत्न मगर, केन्द्रीय सदस्यहरु दुर्गा अधिकारी, बुद्धी ढुङ्गाना, शेखर गौतम, घनश्याम गौतमलगायत ७ जना रत्नपार्कबाट प्रक्राउ बिहानै गिरफ्तार गरेका थियो। प्रहरीले २७ गते मध्यराति बागबजारस्थित जनगणतान्त्रिक मञ्चको कार्यालय छापामारी झनक श्रेष्ठलाई गिरफ्तार गरेको थियो । त्यसैगरी मोरङबाट अपराह्नमा पुनः गणेश निरौला, कल्याण बस्नेत, सुचिया उराउलगायत पक्रिएका थिए । त्यसैगरी चक्काजामका क्रममा धनुषा पुष्पलपुर चोकबाट महेन्द्र मण्डल र लालु यादवलाई पक्राउ गरी ढल्केश्वर इलाका प्रहरी कार्यालयमा थुनिएको थियो । त्यसैगरी पूर्वी तराईको सप्तरीको कञ्चनपुर बजारबाट २ जनालाई पक्राउ गरिएको थियो ।

रातो खबरको पूर्वाञ्चल शाखा कार्यालयका प्रकाश देवकोटाले दिएको जानकारीअनुसार लाहान, बर्दिबास, खाँदबारी, मिलनचोक, धनकुटालगायत स्थानमा चक्काजाम सफल भएको छ । चक्काजामकै क्रममा चितवन नारायणगढस्थित पुल्चोकबाट पुरन राई, लोकराज पाण्डे, कृष्ण बराल, सुदीप पौडेल, कृष्ण खाती र सुजन पौडेललाई पक्राउ गरिएको थियो । त्यसैगरी पर्सा बजारबाट रणदीप गौतम, लक्ष्मी न्यौपाने, रघुवीर शर्मा, विरोचन शर्मा, रमेश लामिछाने, जयबहादुर कुँवर, भीमबहादुर तामाङ, केदार लम्साल र रुद्र गुरुङलाई प्रहरीले गिरफ्तार गरेको थियो । कात्तिक २६ गते काभ्रे प्रहरीले मोटरसाइकल ¥याली निकाल्दै गर्दा बनेपाबाट पीबीएम भरत बम, काभ्रे सेक्रेटरी सरद रसाइली, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष माणिक लामालगायत ८ जनालाई गिरफ्तार गरेको थियो ।

यता कलङ्कीबाट पीबीएम ओम पुनसहित १५ जनालाई भटभटे जुलुसलाई घेरेर पक्रेको थियो । त्यसरी गिरफ्तार हुनेहरूमा झनक श्रेष्ठ, रजमान तामाङ, आजाद, बद्री यादव, दुर्गा अधिकारी, टंक जोशी, सूर्य दुलाल, कृष्ण सेवा, श्यामनारायण शर्मा, भवनाथ ओझा, कुमार सिलवाल, रवि तामाङ, रोहित खत्री, इच्छाबहादुर खत्री र जयराम हुनुहुन्थ्यो । बन्दकै दिन बालाजुबाट कविता पुन र प्रस्तुती शाहीको नेतृत्वमा प्रदर्शनमा उत्रिएका सामना परिवारका वीरबहादुर कठायत सुरेश खनाल, प्रभात फुल, कविता पुन, मालती पुन, शोभा नेपाली, अस्मिता घर्ती, विनोद मगर, विरेन्द्र मगर, सोनु विष्ट, सिर्जना योगी, विना तामाङ, राज राई, कुमार धामीलगायत २० जनालाई गिरफ्तार गरियो । बन्दकै क्रममा अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहलगायत ५० जनालाई कलंकीबाट गिरफ्तार गरी कालीमाटी प्रहरीचौकीमा दिनभर थुनेर राखिएको थियो ।

त्यसैगरी २५ गते चक्काजाम गर्ने क्रममा रूपन्देहीका माओवादी सेक्रेटरी शरद वली, विश्वास भट्टराई, विसुरु बीसी, शम्भु राई, कृष्ण क्षेत्रीलगायत २५ जनालाई बुटवलबाट गिरफ्तार गरिएको थियो । २७ गते पूर्वनिर्धारित देशव्यापी मशालजुलुस प्रदर्शनको क्रममा बर्दिबासबाट ३ जनालाई गिरफ्तार गरिएको थियो । सिन्धुलीको सदरमुकाममा मशालजुलुस सकिएपछि पुगेको प्रहरीले सिन्धुली सौगात दैनिकका संवाददाता बुद्धकुमार आछामी र राजन शर्मालाई पक्राउ गरेको थियो । २७ गते राति ११ः२० बजे प्रहरीले बागबजारस्थित जनगणतान्त्रिक सम्पर्क मञ्चको कार्यालयमा छापामारेर झनक श्रेष्ठलाई गिरफ्तार ग¥यो दुईवटा कम्प्युटरसहित कागजात लुटेको छ । शनिबारै मोरङ बेलबारीमा बन्दकर्ताले एउटा मालबाहक बाहन तोडफोड गरेका थिए भने सिन्धुलीमा माओवादी कार्यकर्ताले स १ च ११४४ नम्बरको स्कार्पियो जिपमा आगजनी गरेका थिए ।
त्यसैगरी पोखराबाट भीम चापागाईंले दिनुभएको खबरअनुसार बिहान ६ः३० मा अमरसिंहचोकबाट अमृत सापकोटालाई गिरफ्तार गरिएको थियो । यता बिहान ६ः३० मै काठमाडौँ कोटेश्वरबाट माओवादीका केन्द्रीय सदस्य झकबहादुर मल्लसहित ७ जनालाई गिरफ्तार गरिएको थियो । बन्दको दिन बिहान ७ः०० बजे धनकुटाबाट धु्रव थापा र मोहन घलेलाई गिरफ्तार गरिएको थियो । बिहान ७ः४५ मा जुलुस प्रदर्शन गर्नासाथ माओवादी पीबीएम ओम पुन, नरोत्तम पाण्डे, मनु आछामी, उद्धव पौडेल, पुर्ण श्रेष्ठ, यमलाल लामिछाने, रामचन्द्र काफ्ले, निमा शेर्पा, सुशील बलम्पाकी, ज्ञानबहादुर खड्का, परमेश्वर जोशी, नकुल चौलागाईं, गणेश बस्नेतसहित १३ जनालाई गिरफ्तार गरी अमाननगर प्रहरीचौकीमा कैद गरिएको थियो । उता बिहान ८ः३० बजे महेन्द्रनगर धनुषाबाट माओवादी केन्द्री सदस्य रामलखन महतोलाई गिरफ्तार गरिएको थियो । विराटनगरमा २७ गते साँझ मशालजुलुस निकाल्ने क्रममा २ जनालाई गिरफ्तार गरिएको थियो विराटनगरमै २८ गते बजार बन्द गराउँदै हिँडेका माओवादी कार्यकर्ताहरू पुरुषोत्तम अधिकारी, गणेश निरौला, सुकिया उराउ, विष्णु चौधरी, कमल नेपाललगायत ९ जना गिरफ्तार भएका थिए । १०ः३० मा थप २ जना गिरफ्तार भएका थिए ।

आइतबार ९ बजे बन्दको आह्वान गर्दै प्रदर्शनमा रहेका दुई दर्जन कार्यकर्ता कलङ्कीबाट गिरफ्तार भएका थिए । माओवादीका केन्द्रीय सदस्य कृष्ण अधिकारी, विद्यार्थी नेताहरू पूर्णबहादुर सिंह, लालबहादुर तामाङ, दीपेन्द्र चलाउने, गणेश रैकाल, नवराज भट्टराई, लोकेश वि.क, टङ्क जोशी, भीष्म शाही, टीकाराम सुनुवार, सरोज भण्डारी, के.पी. गाउँले, अनुशील न्यौपाने, उषाकिरण, विनोद लुइँटेल, महेन्द्र तामाङ, प्रज्वल शाही, लक्ष्मण विक, रवि केसी, सन्तोष सोनी, अर्जुन भट्ट, भगवान शाहीलाई बिहानै गिरफ्तार गरिएको थियो । त्यसैगरी विष्णु मगराती र अर्जुन सिंहसहित २३ जनालाई कालीमाटी इलाका प्रहरी कार्यालयमा थुनिएको थियो । त्यसैगरी बन्दको दिन बिहान १०ः३० मा पोखरा नयाँबजारबाट गोकुल पराजुली, प्राप्ति विक, रमेश श्रेष्ठलगायत १० जनालाई गिरफ्तार गरिएको थियो । त्यसैगरी बन्दको दिन बिहान ४ः४५ मा बर्दिया मैनापोखरीबाट नेत्र केसीलाई गिरफ्तार गरिएको थियो । त्यसैगरी धरान पुतली लाइनबाट बिहान ११ः०० बजे विमला भट्टराई, शशीकला राई, नसिन पँगेनी, कान्छा राई, सिर्जना राईसहित ११ जनालाई गिरफ्तार गरेको थियो । बिहान ११ः३० मा नै कलङ्कीचोकबाट जुलुस निकाल्ने क्रममा रामबहादुर विश्वकर्मा, आस्था घिमिरे, सुनिता बम, नवीन केसी, कृष्ण सेवा, नरेन्द्र विक, नवीन उपाध्याय, प्रकाश थापा, लोकेन्द्र सार्की, रणबहादुर विक, १० जनालाई गिरफ्तार गरिएको थियो । मध्याह्नमा सिन्धुलीबाट तीर्थ तामाङलाई नियन्त्रणमा लिएको थियो । अपराह्नमा प्रहरीले सर्लाही नयाँरोडबाट रूपेश क्षेत्री र पवन महतोलाई पक्रेर हरिवन चौकीमा हिरासतमा राखेको थियो । त्यस्तै दोलखामा बन्दको अवज्ञा गर्ने एउटा भटभटे र एउटा जिपलाई बन्दकर्ताले तोडफोड गरेका थिए ।

सिरहा गोलबजारमा माओवादी केन्द्रका एकजना नेताको बाहन तोडफोड गरिएको थियो । अपराह्न १२ः३० बजे बर्दिया सदरमुकाम गुलरियाबाट नवीन राना, रमेश बागी र श्याम क्षेत्रीलाई गिरफ्तार गरिएको थियो । बन्दकर्ताले बिहानै कैलालीमा से १ क ४३७ नम्बरको मालवाहक बाहन आगजनी गरेका थिए । बन्द अवज्ञा गर्ने एउटा बाहनलाई बन्दकर्ताले विराटनगरस्थित निमुवाचोकमा नियन्त्रणमा लिएका थिए । अपराह्न २ बजे महोत्तरी बर्दिबास चोकबाट प्रदर्शन गर्नासाथ माओवादीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, महोत्तरी जिल्ला सेक्रेटरी तीर्थ राई, रूपेश क्षेत्री, पत्रकार प्रकाश देवकोटा, मनोज महतो, शेर्पा मगर, सरद मगर, जित मगर, नरेश शाहलगायतलाई गिरफ्तार गरिएको थियो । सधैँभन्दा पृथक रणनीति बनाउँदै यसपटक भने माओवादी कार्यकर्ताले कलङ्कीचोकमा शक्ति केन्द्रित गरेको देखिएको थियो । अपराह्न ३ बजे युवा सङ्गठनका सचिव केशव शर्माको नेतृत्वमा तेस्रोपटक जुलुस निकाल्दा थप १६ जना गिरफ्तार भएका थिए । त्यसरी गिरफ्तार हुनेमा प्रमोद गिरी, रविना खान, विजय तामाङ, श्याम तामाङ, सुमन तामाङ, माइकल तामाङ, रमेश तामाङ, टीबी तामाङ, सोममाया तामाङ, सिवराज जत्रेल, रमानन्द महतो हुनुहुन्थ्यो ।

गिरफ्तारीपछि आक्रोशित कार्यकर्ताले धनकुटास्थित जिरो प्वाइन्टमा को १ ख ३२७५ नम्बरको मालवाहक र धरान बजारमा ५ वटा सिटी सफारी, एउटा टेम्पो र एउटा पसल तोडफोड गरेका थिए । २७ गते साँझ देशका विभिन्न जिल्लामा साँझ मशालजुलुस प्रदर्शन गरेर बन्द आक्रामक हुने सङ्केत गरिसकेका थिए । गृह प्रशासनले व्यापक गिरफ्तारी, दमन र प्रतिकार जुलुस प्रयोग गर्दा पनि नेपाल बन्द सफल भएको देखिन्छ । त्यसले सरकारप्रति नागरिकको असन्तुष्टि र माओवादीप्रति समर्थन बढ्दै गएको सङ्केतका रूपमा अथ्र्याउन थालिएको छ । यसैबीच बन्दको पूर्वसन्ध्यामा खाद्य सम्प्रभुता विषयमा पोखरा, बर्दियालगायत स्थानमा विचारगोष्ठी भएका छन् । गुलरियामा शुक्रबार भएको गोष्ठीमा माओवादी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला प्रमुख अतिथि हुनुहुन्थ्यो । यसैबीच २६ गते नै माओवादीले उद्योगपति पशुपति मुरारकाका नाममा रहेको काभ्रेको झन्डै २०० रोपनी जग्गा झन्डा गाडेर कब्जा गरेको जानकारी सेक्रेटरी सरद रसाइलीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :