ज्वाला दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले मङ्सिर ४ को चुनाव अवज्ञा तथा बहिष्कार अभियानअन्तर्गत पोस्टर, पर्चा, भित्तेलेखनलगायत प्रचारप्रसारलाई व्यापक बनाएको छ ।
शैलुङ गाउँपालिका, कालिञ्चोक गाउँपालिका, भीमेश्वर नगरपालिकालगायत विभिन्न ठाउँमा पोस्टर तथा प्रचार वितरण गरिएको जिल्ला संयोजक अन्जानले बताए ।
अहिलेको व्यवस्थाले जनतालाई महँगी, भ्रष्टाचार र बेथिति मात्रै दिएकाले यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थपना गर्नुपर्ने प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख जनताले चुन्न पाउनुपर्ने अधिकार दिनुपर्ने बताए । उनले जनजीविकाका समस्या समाधान गर्न र अधिकार प्राप्त गर्न पनि दलालहरूसँग लड्नुपर्ने बताए ।