युवा जनस्वयम्सेवक कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालिका थप तीन ठाउँमा टाँस्यो कालो ब्यानर

युवा जनस्वयम्सेवक कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालिका थप तीन ठाउँमा टाँस्यो कालो ब्यानर

महेन्द्रनगर : युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालि कम्पनीका सञ्चालक भीम साउदले निर्माण थालेर चरम लापरबाही गरेका थप तीन ठाउँमा बिहीबार कालो ब्यानर टाँसेको छ ।

प्राप्त जानकारीअनुसार कम्पनीको लपरबाहीप्रति खबरदारी गर्दै सङ्गठनले भीमदत्त नगरपालिका ११ भुजेला माताकुटिया पुल, भीनपा ९ कामीकाटे खोला पुल र वेदकोट नगरपालिका वडा नम्बर ६ र ७ मुसेपानी खोला पुलमा पनि कालो ब्यानर टाँस्दै निमार्ण कम्पनीद्वारा गरिएका कामहरूका बारेमा खबरदारी गरेको छ ।

सङ्गठनले गत साउन २९ गते सडक डिभिजन कार्यलय महेन्द्रनगरमार्फत पूर्वाधार विकास तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको थियो तर निर्माण कम्पनी र सञ्चालकले कुनै चासो नदेखाएको भन्दै कालो ब्यानर टाँसेको हो ।

पार्टीद्वारा सञ्चालित दुईमहिने अभियानकै क्रममा सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले देशैभरि राजनीतिक गतिविधि तीव्र बनाएको छ । देशभर नै राज्यले गर्ने हरेक नकारात्मक गतिविधिलाई खबरदारी गर्दै अगाडि बढ्ने क्रममा युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालि कम्पनीका सञ्चालक भीम साउदले निर्माणकार्य थालेर चरम लापरबाही गरेका ठाउँहरूमा कालो ब्यानर टाँसी जनतालाई सुसूचित गरेको हो ।

कालो ब्यानरमा लेखिएको छ :

मुसेपानी खोला पुलको सम्झौता २०७४/२/१०
सक्नुपर्ने मिति २०७७/२/१० र २०७८/१२/३० गते
भुजेला खोला माताकुटिया पुल सम्झौता २०७४/२/७
सक्नुपर्ने मिति २०७५/८/५ र २०७८/१२/३०
कामीकाटे पुल सम्झौता मिति २०७४/२/७
सक्नुपर्ने २०७५/९/५ र २०७८/११/२९ गते
ढोडा देखतभुली पुल सम्झौता मिति २०७२/९/२६
सक्नुपर्ने मिति २०७५/९/२५ र २०७७/१०/२५ गते
दैजी–बेल्डाँडी हुलाकी सडक सम्झौता मिति २०७३/११/१
सक्नुपर्ने मिति २०७६/५/१५ र २०७८१२/३० गते

२.उक्त निर्माणाधीन अवस्थामा रहेका पुल र सडकहरूमा कमसल खालको मेटरियल प्रयोग गरेको जसका कारण पुलहरू भत्किन सुरु भएको पाइएकाले ।

३. उक्त निर्माण कम्पनीमा कार्यरत कर्मचारी र मजदुरहरूको पारिश्रमिक÷ज्याला विगत २÷३ वर्षदेखि नदिएको पाइएकाले ।

४. दैजी–बेल्डाँडी–धनगढी हुलाकी सडक निर्माणकार्यमा चरम लापरबाही भएका कारण जनताले दैनिक सास्ती खेप्नुपरेकाले ।

राजेन्द्र निर्माण सेवा प्रालिद्वारा गरिएका गैरजिम्मेवारीपूर्ण काला कर्तुत र कम्पनीका सञ्चालक भीम साउद नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा पूर्वपर्शुराम नगरपालि काका मेयर पनि हुन् भनी कालो ब्यानर र पर्चा टाँसिएको जानकारी युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरका इन्चार्ज दीपेन्द्रसिंह ऐरीले दिएका छन् । ऐरीले निर्माणकार्य तत्काल सञ्चालन नगरेमा सङ्घर्ष सुरु गर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :